Play

चितवन पोखरा सम्पर्क समाजको आठौं अधिवेशन, अध्यक्षमा दिलीप

गुरुकुल खबर


चितवन पोखरा सम्पर्क समाजको सत्रौं साधारण सभा तथा आठौं अधिवेशन शनिबार पोखरामा सम्पन्न भयो । अधिवेशनले दिलिप पनेरु अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा तारा देवी सापकोटा सचिव रामचन्द्र पहारी, सह सचिवमा ऋषि गौतम र कोषाध्यक्षमा ज्ञान प्रसाद पाठक चयन भएका छन । यसैगरी सदस्यहरुमा डा.मोहन भट्टराई, विपिन सुवेदी, आग्रह अर्याल, सविता दबाडी, राम प्रसाद कंडेल र कल्पना बाँस्तोला लाई चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागी व्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै उनले देशमा भएका सामाजिक,सांस्कृतिक, भाषा धर्म र राजनितिक अवस्थाको बारेमा चर्चा गर्दै देश विकासमा सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा समाजका नि.वर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, आजिवन सदस्य डा.मोहन भट्टराई र वागमति प्रदेश सम्पर्क समाजका नि वर्तमान अध्यक्ष सञ्जिव रेग्मीले पनि आआफ्नो भनाई राखेका थिए ।

यसैगरी वरिष्ठ पर्यटन व्यवसायी कृष्ण प्रसाद काफ्ले, सल्लाहकार देव कुमार श्रेष्ठ, समाजसेवी इन्दिरा कोइराला, समाजसेवी चन्द्रकला पौडेल, कस्मेटिक व्यवसायी संघ कास्कीका अध्यक्ष दुर्गा बराल पनेरु लगायतले पनि आआफ्नो भनाई राखेका थिए ।

उक्त कार्यक्रममा संस्थाका ५० जना आजिवन सदस्यहरुलाई आजिवन सदस्यताको प्रमाणपत्रप्रदान गरिएको थियो । यसै अवसरमा पिएच डी अध्ययन पुरा गरेका डा.नगेन्द्र भण्डारी, डा.मोहन भट्टराई र डा.लिला पुरीलाई सम्मान गरिएको थियो ।

वागमति प्रदेश सम्पर्क समाजका नि वर्तमान अध्यक्ष सञ्जिव रेग्मी,नर्सिङ्ग क्याम्पस पोखराका सदिक्षा सदाचंकर, वन विज्ञान अध्ययन संस्थानका अर्किड रोजी पुरी र पश्चिमाञ्चल इन्जिनियरीङ्ग क्याम्पस लामाचौरका दिवस सिलवाललाई समाजले सम्मान गरेको थियो ।

सम्मानित मध्ये डा.मोहन भट्टराईले समाजलाई एकलाख एक हजार एकसय एघार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।

साधारण सभामा सचिवको वार्षिक प्रतिवेदन तारा देवी सापकोटा र कोषाध्यक्षको प्रतिवेदन कल्पना कोइरालाले प्रस्तुत गरेका थिए ।

नया कार्य समिति चयन गर्नका लागि गठित निर्वाचन समितिको संयोजकमा डा.नगेन्द्र भण्डारी र सदस्यहरुमा जिवन रेग्मी, खेम नारायण ढकाल, कृष्ण प्रसाद ढकाल र आनन्द सापकोटा रहेका थिए । समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

१७ असार २०८०, आईतवार १२:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा