Play

प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा गौतम, ३४ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित

गुरुकुल खबर


काठमाडों । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम विजयी भएका छन् ।

गौतमले ३१५ मत प्राएका छन् भने उनका प्रतिष्पर्धी दिलिप प्रकाश कार्कीले १२९ मत ल्याएर प्रतिस्पर्धाको प्रयास गरेका हुन् ।

त्यस्तै, सचिव पदमा सन्तोष अधिकारी विजयी भएका छन् । उनले २८५ मत ल्याए भने उनका प्रतिपर्धी केशव पाण्डेले १५१ मत ल्याए ।

नेपाल प्रेस युनियन काठामाडौं शाखाको ९ औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको हो ।

अधिवेशनले ३४ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष र सचीव बाहेकका अन्य पदमा भने सर्वसहमत भएको युनियनका पुर्व कार्यवाहक अध्यक्ष अच्युत रेग्मीले बताए ।

यस्तो छ नयाँ जिल्ला कार्य समिति

अध्यक्ष : महेश्वर गौतम
उपाध्यक्ष : रोमन आचार्य
उपाध्यक्ष : श्रद्धा कोइराला
सचीव : सन्तोष अधिकारी
सहसचिव : पुजा बगाले
कोषाध्यक्ष : प्रदिप कार्की
सदस्य : प्रविन भुसाल
सदस्य : शिवलाल पौडेल
सदस्य : विशाल पुरी
सदस्य : कृष्ण बहादुर कार्की
सदस्य : भुपेश उपाध्याय
सदस्य : कविन अधिकारी
सदस्य : ओमप्रकाश राउत
सदस्य : निकेश अधिकारी
सदस्य : सरोज बस्याल
सदस्य : मदन रिजाल
सदस्य : सागर जोशी
सदस्य : देवीप्रसाद पाण्डे (डेविड)
सदस्य : राजु थापा
सदस्य : प्रसन्न मुलिक
सदस्य : मनोज भण्डारी
सदस्य : किशोर दाहाल
सदस्य : रामचन्द्र मिश्र
सदस्य : अनुप प्रधान
सदस्य : मिन्साङ लामा
सदस्य : रमेश सेन्चुरी
सदस्य : विनिता क्षेत्री
सदस्य : मुना दाहाल (आइशा)
सदस्य : सिर्जना मिश्र
सदस्य : सकुन्तला राना मगर
सदस्य : प्रकृति खड्का
सदस्य : केसिना ढकाल

११ असार २०८०, सोमबार २२:१६ मा प्रकाशित
Nabintech