Play

डा आरजू राणा देउवा उपचारको निम्ति जापान प्रस्थान

गुरुकुल खबर


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा आरजू राणा देउवा जापान प्रस्थान गरेकी छन् ।

उनी आज बेलुकी सवा ७ बजे काठमाडौंबाट सिओल हुँदै कोरियन एअरको उडान नम्बर केई ६९६ बाट टोकियो गएकी हुन् ।

यसअघि श्रीमान देउवाको पेटसम्बन्धी रोगको फलोअपको निम्ति उनी छोरासहित सिंगापुर गएकी थिइन् । ११ दिनपछि गत शुक्रबार मात्र नेपाल फर्केकी राणा आज एकाएक जापान गएकी हुन् ।

झण्डै एक वर्षअघि पनि उनी फलोअपको लागि जापान गएकी थिइन् । आमा टोकियोमा नेपाली राजदूत छँदा उनको हिपको हड्डीको उपचार गरिएको थियो । अहिले त्यही देखाउन जापान जानु परेको बताइन्छ ।

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुवसु) छन् । सुवेदी पहिले बेलायतमा राजदूत थिए । सुवेदीलाई आरजूको ‘प्रेसर’ मा नियम मिचेर जापानको लागि राजदूत बनाइएको आरोप लाग्दै आएको छ ।

११ असार २०८०, सोमबार २१:३९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा