Play

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री र पोशाक हस्तान्तरण

गुरुकुल खबर


पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्यून आए भएका १०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ ।

आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका,विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य  संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिए ।

शनिबार गण्डकी प्रदेशका सांसद,पूर्वमन्त्री तथा पोखरा उद्योग वाणिज्य सघका समेत पूर्वअध्यक्ष विन्दुकुमार थापासहितका अतिथिहरुले विद्यार्थीहरुलाई शैीक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा बोल्दै प्रमु्ख अतिथि सांसद थापाले विद्यार्थीहरुलाई विद्यालय नछाड्न आग्रह मात्रै गरेनन्, आवश्यक परे उनीहरुलाई सघाउने वचन पनि दिए ।

पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य तथा महासचिव बलराम आचार्यले घरेलु कामदारको रुपमा रहेका श्रमिक बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गराउने अभियानमा समाजले नै सघाउनुपर्ने धारणा राखे ।

बालश्रम न्यूनीकरण कार्यक्रमकी कार्यक्रम परियोजना अधिकृत प्रिति पाण्डेको स्वागत  तथा सुफल घिमिरेको संचालन रहेको कार्यक्रममा संघका उपमहासचिव शोभा गौतम तथा कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गको पनि सहभागिता रहेको थियो ।

१० असार २०८०, आईतवार २१:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा