Play

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ पोखरा महानगरको कार्य समिति बिस्तार

गुरुकुल खबर


पोखरा । नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ पोखरा महानगर कार्य समिति पोखराले कार्यसमिति बिस्तार तथा पदाधिकारी मनोनित गरेको छ ।

महानगर कार्य समिति सभापति वीरबहादुर गुरुङको सभापतित्वमा शनिबार सम्पन्न एक भेलाले पदाधिकारी चयन तथा कार्य समिति बिस्तार कार्य सम्पन्न गरेको हो ।

मनोनित पदाधिकारीहरु उपसभापतिमा निलम बाटाजु कर्माचार्य र माया गुरुङ भुजेल, सचिवमा रविन्द्र थापा भुजेल र रनशोभा गुरुङ, सहसचिवमा सम्झना भुजेल र सुरजप्रकाश भुजेल तथा कोषाध्यक्षमा विकास राना मगर रहेका छन् ।

सदस्यहरुमा रुप राना मगर, रामबहादुर गुरुङ र कुशल जिसी रहेका छन् ।

पदाधिकारी मनोनित कार्यक्रममा बोल्दै नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका सभापति आशबहादुर गुरुङले आदिबासी जनजातिको अधिकार स्थापित गर्न र हरेक क्षेत्रमा समान सहभागिताका लागि राजनीतिक चेतको आवश्यकता औल्याए । ‘विगतमा जस्तो गैर आदिबासी जनजातिलाई गाली गरेर अबको हाम्रो यात्रा चल्दैन, हरेक क्षेत्रमा समान सहभागिता र समान प्रतिनिधित्वका लागि हामी आफै जागरुक र सशक्त हुन पर्छ’ सभापति गुरुङले भने ।

जिल्ला उपसभापतिद्धय तोत्रमान गुरुङ र चन्द्रप्रकाश थापा मगर, सल्लाहकार खम्बासिंह गुरुङको विशेष उपस्थिति रहेको कार्यक्रमको संचालन जिल्ला सचिव रीता गुरुङले गरेकी थिईन् ।

 

९ असार २०८०, शनिबार १५:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा