Play

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

गुरुकुल खबर


काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाई भेट भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री बस्नेत र पोलिटको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

“राजदूत छिट्टै बेलायत फर्किंदै हुनहुन्छ । यही क्रममा भएको भेटमा मुख्य तीन विषयमा छलफल ग¥र्यौ”, मन्त्री बस्नेतले भन्नुभयो,

“बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षितरुपमा पठाउने, देशभित्र गोर्खा बिर्टिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भयो ।”

५ असार २०८०, मंगलवार १०:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा