Play

क्यान्सर पिडित नेपालीलाई टिकटकमा जोडिएकाहरुको समुह नेपाली हर्ट ग्रुपको सहयोग

गुरुकुल खबर


पोखरा – सामाजिक संजाल टिकटकमा जोडिएकाहरुको समुह नेपाली हर्ट ग्रुपले पोखरा महानगरपालिका -३१ किम्बेशी घर भएकी क्यान्सर रोगबाट पिडित हरिमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ ।

नेपाली हर्ट ग्रुपले टिकटकको माध्यमबाट सहयोग जुटाएर ३१ हजार १ सय साठी रुपया नगद सहयोग गरेको जानकारी ग्रुपकी पोखरा शाखा उपाध्यक्ष शरु बरालले गुरुकुल खवरलाई दिईन् ।

उनका अनुसार नेपाली हर्ट ग्रुपले नेपाली सहित देशका विभिन्न स्थानका ७६ जनालाई सहयोग गरेकोमा पोखरामा दोश्रो बिरामीको रुपमा नेपालीलाई सहयोग गरिएको हो ।

दश वर्ष अगाड़ी श्रीमान गुमाएकी नेपालीको एक छोरा रहेपनि उनि समेत अपांग अवस्थामा छन।

विगत ४ वर्ष देखि क्यान्सर रोगबाट पीड़ित नेपालीको भरतपुर स्थित क्यान्सर हस्पिटलमा उपचार भैरहेको छ । हाल उपचार खर्चको अभाव भएको जानकारी पाएपछि थोरै मात्र भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले टिकटक चलाउनेहरु बाट उक्त रक़म संकलन गरिएको हो ।

क्यान्सर रोगबाट पीड़ित नेपालीलाई उनको निवासमा पुगेर सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि देबेन्द्रराज अधिकारी ,बिनोदमणि लामिछाने सामाजिक व्यक्तित्व बिरेन्द्र ढकाल, पुरुषोत्तम अधिकारी, ग्रुपको पोखरा साखाका सचिब कमल कार्की, सदस्य शोभा लामिछाने लगायतको सहभागिता रहेको थियो ।

नेपाली हर्ट ग्रुप पोखरा शाखाका अध्यक्ष पुर्ण रेग्मीका अनुसार टिकटक प्रेमीहरुको उक्त ग्रुपले यस अगाडी पनि नेपालको विभिन्न स्थानमा रहेका विपन्न र असहायहरुलाई यस किसिमले सहयोग गर्दै आएको छ ।

यस अगाडी पनि विगत ५ वर्ष देखि अचेत अवस्थामा रहेका पोखरा -१२ फुलबारी निवासी विश्व गुरुडंको उपचारको लागि पनि सोही ग्रुपले १ लाख ७६ हज़ार रुपैया सहयोग गरेको जनाएको छ ।

सामाजिक सन्जालबाट पनि विपन्न र असहायहरुको लागि आर्थिक एवं अन्य सहयोग उपलब्ध गराउन सकिन्छ भन्ने उदाहरण नेपाली हर्ट ग्रुपले देखाएको ग्रुपका सस्थापक अध्यक्ष डिल्लिराज पराजुलीलेले बताए ।

२ असार २०८०, शनिबार २०:५१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा