Play

लोकदोहोरी गीत प्रतिष्ठानको रक्तदानमा ६६ युनिट रगत संकलन, रक्तदाता अभियन्ता थापा सम्मानित

गुरुकुल खबर


पोखरा, राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश समितिले रक्तदाता अभियन्ता कृष्णबहादुर थापालाई सम्मान गरेको छ । शुक्रबार उनलाई प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापति पराजुली, पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले कदरसपत्रसहित सम्मान गरेका हुन् । २०५५ सालदेखि नियमित रक्तदान गर्दै आएका कृष्ण थापाले हासम्म ७३ औं पटक रक्तदान गरिसकेका छन् । रेडियो सराङकोटका कार्यकारी निर्देशक उनी सृजना विकास केन्द्रका अध्यक्ष हुन् ।

प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको थियो कार्यक्रममा प्रतिष्ठान केन्द्रका पूर्व अध्यक्ष न्यौपाने, प्रतिष्ठानका संरक्षक यम गुरुङ, केन्द्रीय सचिव जीवन दाहाल, पूर्व अध्यक्ष एवं रेडक्रस कास्की मन्त्री सुरेन्द्र गुरुङ, पूर्व अध्यक्ष चोलेन्द्र पौडेल, सम्मानित व्यक्तित्व थापा, कार्यक्रम संयोजक कृष्ण सुवेदी, उपाध्यक्ष रामजी पौडेल, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली लगायतले बोलेका थिए । ।

३२ जेष्ठ २०८०, बिहीबार २१:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा