Play

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल- ग्राउन्ड ह्याण्डिलिङ र व्यवस्थापनको काममा भारतको चासो

गुरुकुल खबर


काठमाडौं । भारतले नेपाललाई नयाँ हवाई रुट नदिएपछि सञ्चालनमा समस्या भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डिलिङ र व्यवस्थापनको काममा भारतले चासो राखेको खबर छ ।

भारतले सुरक्षा संवेदनशीलताको नाममा उक्त क्षेत्रबाट हवाई रुट दिन मानेको छैन । भैरहवा विमावनस्थलको सञ्चारले भारतीय क्षेत्र पनि कभरेज गर्ने भएकोले समस्या हुने भारतले चासो राख्ने गरेको छ । त्यसो त, नेपालमा भारतीय पक्ष चिनियाँ लगानीका परियोजनाहरु असफल भएको पुष्टि गराउन चाहन्छ । त्यसमा अमेरिका पनि सक्रिय रहेको छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार, भारतले उक्त विषयमा चासो राखेपछि छलफलले गति लिएको छैन् । भैरहवाका लागि हवाई रुट चाहिने भए व्यवस्थापनको सम्पूर्ण जिम्मा भारतीय कम्पनीले पाउनुपर्ने अनौपचारिक सर्त पठाएको स्रोतको दावी छ ।

केही महिना अघि हवाई रुटको विषयमा छलफल गर्न मन्त्रालयबाट सहसचिव बुद्धिसागर लामिछानेको टोली भारत गएको थियो । उक्त टोलीसँग केही छलफल भएको थियो । र, त्यो छलफलको क्रममा उक्त विषय उठेको बताइएको छ ।

यद्यपि, लामिछाने त्यो कुरा सार्वजनिक रुपमा स्वीकार भने गर्ने गरेका छैनन । सहसचिव लामिछानेका टोलीमात्र होइन, अन्य च्यानलबाट पनि भारतले उक्त विमानस्थलको व्यवस्थापन र ग्राउण्ड ह्याण्डिलिङको जिम्मा पाउनुपर्ने तर्क सुनाउँदै आएको स्राेत बताउछ ।

भारतले सुरक्षा संवेदनशीलताको नाममा उक्त क्षेत्रबाट हवाई रुट दिन मानेको छैन । भैरहवा विमानस्थलको सञ्चारले भारतीय क्षेत्र पनि कभरेज गर्ने भएकोले समस्या हुने भारतले चासो राख्ने गरेको छ । त्यसो त, नेपालमा भारतीय पक्ष चिनियाँ लगानीका परियोजनाहरु असफल भएको पुष्टि गराउन चाहन्छ । त्यसमा अमेरिका पनि सक्रिय रहेको छ ।

दुवै देशको चाहना एउटै भएपछि विमानस्थल सञ्चालन हुन नदिने लाइनमा भारत र अमेरिका उभिएका छन् । त्यसैकारण हवाई रुट दिनका लागि भारतले विभिन्न बहाना बनाउने गरेको छ ।

नेपालले अर्बौं रुपैयाँ खर्चेर बनाएको विमानस्थल सञ्चालनमा भाँजो हालेको भारतले उक्त विमानस्थलबाट चिनियाँले सुराकी गर्नेसम्मको अफवाह फैलाएर नागरिकमा भ्रम सिर्जना गरेको छ । त्यही भ्रममा भारतीय मिडिया पनि लागेका छन् ।

भारतीय दबाब र धम्कीले डराएर नेपालका नेता र कर्मचारी पनि विमानस्थल सञ्चालनका लागिका सामान्य रुपमा बोल्न पनि सकिरहेका छैनन । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका डीजी प्रदीपकुमार अधिकारी नै परियोजना प्रमुख रहेको त्यो विमानस्थल चलाउने जिम्मा तिनै अधिकारीको थाप्लोमा रहेको छ । तर, ती अधिकारीमाथि अहिलेसम्म कसैले प्रश्न उठाएका छैनन् । प्राधिकरणले विमानस्थल सञ्चालनको विजनेश योजना पनि बनाएको छैन ।

उक्त विमानस्थल व्यवस्थापनमा कतारले पनि चासो दिएको थियो । नेपाल वायुसेवा निगमसँग दुश्मनीपूर्ण सम्बन्ध भएका कारण प्रदीप अधिकारी निगमलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा छिर्न दिने पक्षमा छैनन् । बरु, हिमालय एअरलाईन्सलाई ग्राउण्ड ह्याण्डिलिङको जिम्मा दिने सोचमा डीजी अधिकारी रहेको प्राधिकरण स्रोतको भनाइ छ ।

३२ जेष्ठ २०८०, बिहीबार ०९:१४ मा प्रकाशित
Nabintech