Play

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको एस.सि.एम कार्यशाला अन्तर्गत मणिपाल शिक्षण अस्पतालमा अध्ययन भ्रमण

गुरुकुल खबर


पोखरा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्ट्राटेजिक कमाण्ड एण्ड मेनेजमेन्ट (एस.सि.एम) कार्यशाला अन्तर्गत प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको टोलीले पोखरा मणिपाल शिक्षण अस्पतालमा अध्ययन भ्रमण गरेका छन् ।

गत बिहिबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पतालको कार्यपद्धती, व्यवस्थापन, आगामी योजना र चुनौतीहरुबारे प्रहरीको उच्चस्तरीय टोलीले जानकारी लिएको हो । एस.सि.एम अन्तर्गत प्रतिष्ठानले गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा उत्कृष्ट सेवा र व्यवस्थापन रहेको संस्थाहरु मध्ये पोखराको मणिपाल शिक्षण अस्पताल छनौट गरेको थियो । मणिपालका निर्देशक डा. अभिषेक मास्केले उपस्थितहरुलाई स्वागत गर्दै एक्सपोजर भिजिट अन्तर्गत मणिपाल छनौट गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले श्रब्यदृश्य मार्फत अस्पतालको परिचयका अतीरिक्त रणनितिक तथा नितीगत योजना र त्यस्को कार्यन्वयन, पोखरा मणिपाल शिक्षण अस्पतालबाट उप्लब्ध हुने सेवाहरुको किसिम तथा विशेषज्ञहरु, सेवाग्राहीहरुको व्यवस्थापन तथा गुनासोहरुको ब्यबस्थापन बारे जानकारी गराए ।

उनले संगठनात्मक, बिकासका चुनौतीहरु, सामाजिक, राजनीतिक, प्रशासनिक तहको व्यवस्थापन, वित्तिय तथा वातावरणिय पक्षको व्यवस्थापन, स्थानिय सरकार तथा अन्य सम्बन्धित पक्षहरुसँग कसरी समन्वय र सद्भाव कायम गर्ने भन्ने विषयबारे समेत स्पष्ट पारे ।

यस्तै अस्पताल सञ्चालक समितिका निर्देशक नारायण प्रसाद पौडेलले देशको सुरक्षार्थ अहोरात्र खटिने प्रहरीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धतासहित धन्यवाद ब्यक्त गरे ।

प्रतिष्ठानका तर्फबाट कोर्ष को ओर्डिनेटर प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सीको नेतृत्वमा २० जनाको सहभागी थिए । प्रहरी नायव महानिरीक्षक के.सीले अस्पतालमा भौतिक रुपमै उपस्थित भएर अन्र्तक्रिया गर्न पाउँदा नीतिगतसँगै व्यवहारीक ज्ञान हाँसिल गरेको उल्लेख गर्दै भ्रमण फलदायी भएको प्रतिक्रिया जनाए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले मणिपालले स्वास्थ्य क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै अस्पताललाई मायाको चिनो प्रदान गरेका थिए ।

३१ जेष्ठ २०८०, बुधबार १७:०६ मा प्रकाशित
Nabintech