Play

बसोबास बेलायतमा तर चिन्ता आफ्नै गाँउबासीको

गुरुकुल खबर


पोखरा उमेरले दशक नजिक तर जोश कुनै युवाको भन्दा कम छैन सधै आफ्नो गाँउठाँउ आफ्नो क्षेत्रका लागि केही गरु भन्नेहुटहुटी बोकी हिड्ने, पढेर परेर संगालेका अनुभवहरुलाई गाँउको विकासमा लगाउन चाहाने सामाजिक व्यक्तित्व हुन् सूर्य गुरुङ

तत्कालिन घान्द्रुक गाँउविकास समिति वडा नं गैर्हगाँउ, हाल अन्नपूर्ण गाँउपालिका वडा नं १० स्थायी घर भई हाल बेलायतको वीमबीसमा बसोबास गर्दै आईरहेका सूर्यले हरेक पटक गाँउको शिक्षा, स्वास्थ्य, बाटो लगायतका हरेक क्षेत्रको विकासमा ठुलो योगदानदिदै आईरहेका छन्

गाउँकै मेश्रम बराह माध्यमिक विद्यालयमा अध्ययन गर्दागर्दै सन् १९८५ मा ब्रिटिस आर्मीमा भर्ती भएका सूर्य सन् २००३ मा रिटार्यड भए आर्मीमा हुदाँ होस् या रिटार्यड भईसकेपछि होस् हरेक समय गाँउको विकासकालागि चिन्तित उनले गाँउको समृद्धिकालागि पराईभूमिमापसिना बगाएर कमाएको रुपैयाँ खर्चेका छन्

कोही शिक्षाबाट बञ्चित हुन नपरोस्उनी आफैले निमार्ण गरेको नारा हो

जिर्ण बनेको विद्यालय भवन निर्माणकालागि होस् या शैक्षिक सामाग्री, विद्यालय पोशाक आदिको अभावमा विद्यालय जानबाट बञ्चितबालबालिकाका लागि होस् उनी एक अभिभावक जस्तै बनेका छन्

हालै मात्र उनले ज्यानकै बाजी लगाएर माउण्ट हिलारी एभरेष्ट म्याराथन (४२ कि.मी.) सफलतापूर्वक सम्पन्न गरी गाँउको शिक्षाकालागिमहत्वपूर्ण ईट्टा थपेका छन्

अन्नपूर्ण गाउँपालिका वडा नं १० मा अवस्थित मेश्रम बराह माध्यमिक विद्यालयका दश जोड दूई शिक्षाकालागि सगरमाथाको आधारशिविरबाट सुरुभई नाम्चेमा पुगेर टुङ्गिने एभरेष्ट म्याराथन सफलतापूर्वक पार गरेका हुन्

विश्वकै सर्वाधिक जोखिमपूर्णका साथै सुन्दर मानिने एभरेष्ट म्याराथनको संयोजक बनि सूर्यले भूतपूर्व ब्रिटिस आर्मी तथा बेलायतमैबसोबास गर्दै आईरहेका साथीहरु तर्कजंग गुरुङ, जुमप्रसाद गुरुङ जीतबहादुर गुरुङलाई पनि शिक्षाकालागि म्याराथनमा सहभागि हुनअभिप्रेरित गरे पोखराबाट साथ दिईन् घान्द्रुककै चेली, पोखरा फाइनान्सका म्यानेजर बुद्धिलक्ष्मी गुरुङले

साथीभाईको उत्साहजनक सहयोग गोफन्ड मार्फत विद्यालय शिक्षाका लागि उनले करिव १८ लाख रुपैयाँ संकलन गरे संकलित रकमघान्द्रुकमै एक कार्यक्रमको आयोजना गरी समाजसेवी सूर्यले श्री मेश्रम बराह माध्यमिक विद्यालय अर्थ संकलन समितिका उपसमितिसंयोजक क्या.कमल गुरुङलाई हस्तान्तरण गरे

सधै आफ्नो गाँउठाँउ जातिय अस्तित्वकालागि चिन्तित रहने सूर्यले सन् २०१७ मा तमू प्ये ल्हु संघ यूकेको भवन निमार्णकालागिसहयोग स्वरुप एभरेष्ट म्याराथन गरेका थिए सो समयमा उनले २८ लाख रुपैयाँ रकम संकलन गरी सहयोग गरेका थिए म्याराथन मनपराउने सूर्यले आफ्नो शोखलाई सामाजिक कार्यमा परिणत गर्दै सामाजिक कामकै लागि सन् १९८७ २०२२ मा लण्डन म्याराथनगरिसकेका छन्

यसैबीच समाजसेवी सूर्यले आफ्नो जन्मस्थान मेलॅाचेमा रहेको ताल बराह आधारभूत प्राथमिक विधालय घान्द्रुककै उरीमा रहेकोसरस्वती आधारभूत विद्यालयलाई जनही एक/ एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् दुवै विद्यालयका करिव ३० जनाविद्यार्थीलाई शैक्षिक सामाग्रीका साथै स्कूल व्याग समेत प्रदान गरे

यो गाँउको विकासका बारेमा चिन्तित हुने उहाँ बाहेक कोही छैन भन्दा पनि फरक पर्दैनताल बराह आधारभूत विद्यालयकाप्रधानाध्यापक प्रेम कुँवरले गुरुकुल खबरसंग भनेविद्यालयको रंगरोगनकालागि आग्रह मात्र गरेको थिए एक लाख रुपैयाँ सहजै प्रदानगर्नुभयो सूर्य जस्तै सकारात्मक सोचका धनी व्यक्तिका कारण मात्र विकास सम्भव हुने कॅुवर बताउँछन्

आफु जन्मिएको गाँउ अनि हुर्किएको ठाँउको विकासका लागि सबै गम्भीर हुनुपर्छसमाजसेवी सूर्य गुरुङ भन्छन्थोपा थोपा पानीलेसमुन्द्र बने जस्तै मेरो सानो सहयोगले गाँउको शिक्षाकालागि केही योगदान पक्कै हुनेमा विश्वास्त छु

गाँउबासीको समस्या आवश्यकतालाई पहिचान गरी आफ्नो गाँउ आफै बनाउ भन्ने तर्फ गम्भीर भएर क्षमता दक्षताले भ्याएसम्मकोसहयोग गर्ने हो भने मात्रै पनि गाँउ समृद्धि तर्फ जानेमा कुनै शंका नरहेको सूर्यको भनाई उनी भन्छन्सकेसम्म गाउँको हरेक समस्या आवश्यकतासंग साथ रहनेछु

२२ जेष्ठ २०८०, सोमबार ११:२८ मा प्रकाशित
Nabintech