Play

समाजसेवी सूर्य गुरुङद्वारा घान्द्रुकका विधालयलाई सहयोग

गुरुकुल खबर


पोखरा । घान्द्रुक स्थायी घर भई बेलायत बसोबास गर्दै आईरहेका समाजसेवी सूर्य गुरुङले आफ्नो जन्मस्थान मेलॅाचेमा रहेको ताल बराह आधारभूत प्राथमिक विधालयलाई आर्थिक सहयोग गरेका छन् ।

विधालयका लागि गुरुङले शुक्रबार एक कार्यक्रमका बीच एक लाख रुपैया आर्थिक सहयोग गरेका हुन् । उनले विधालयका प्रधानाध्यापक प्रेम कॅुवरलाई सहयोग नगद हस्तान्तरण गरेका हुन् ।

यसैगरी उनले सोही विधालयका विधार्थीहरुलाई शैक्षिक सामाग्री समेत विरतण गरेका थिए ।

समाजसेवी गुरुङले दुर्गम स्थानमा रहेको विधालयका विधार्थीलाई अध्ययनका लागि थोरै मात्र भए पनि सहज होस् भन्ने उद्देश्यले आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गरेको स्पस्ट पारे ।”मेरो सानो सहयोगले विधालयलाई केही राहत हुन्छ भन्ने मात्र हो” गुरुङले भने “सरकारी विधालयमा धेरै समस्याहरु छन्,भवन जिर्ण हुदै गईरहेको छ,विधार्थी संख्या घट्दैछन् ।”

अर्का समाजसेवी तर्कजंग गुरुङले सरकारी विधालयमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गर्दै स्थानीयले नै समाधान गर्नु पर्ने आवश्यकता औल्याए । “विधालयको शैक्षिक स्तर बढाउन र विधार्थी संख्या वृद्विका लागि सबै गम्भिर हुनु पर्छ” उनले भने । यसैबीच गुरुङले सो विधालयका लागि पॅाच हजार रुपैया आर्थिक सहयोग प्रदान गरे ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर क्षेत्री र विधालयका प्रधानाध्यापक प्रेम कॅुवरले सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

यसैबीच घान्द्रुककै उरीमा रहेको सरस्वती आधारभूत विधालयलाई पनि समाजसेवी सूर्य गुरुङले एक लाख रुपैयाका साथै सो विधालयका विधार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच रकम तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य गुरुङलाई रकम प्रदान गरेका हुन् । यसैगरी समाजसेवी तर्कजंग गुरुङ र गम गुरुङले पनि विधालयका लागि पॅाच/पॅाच हजार रुपैया सहयोग गरे । कार्यक्रममा समाजसेवी जगनमाया गुरुङले आफ्नो विचार व्यक्त गरेकी थिईन् ।

१९ जेष्ठ २०८०, शुक्रबार २०:५८ मा प्रकाशित
Nabintech