Play

नेपाल प्रेस युनियन कास्कीको अधिवेशन सम्पन्न, सहमतीबाटै कार्यसमिति चयन, अध्यक्षमा मिश्र

गुरुकुल खबर


पोखरा, नेपाल प्रेस युनियन कास्कीको १० औं अधिवेशनबाट अध्यक्ष पदमा बासुदेव मिश्र निर्विरोध निर्वाचित भएका छन। मिश्र पोखरामा रहेर लामो समयदेखि पत्रकारितामा क्रियाशील छन । समाचार लेखन र रेडियो कर्ममा निरन्तर सक्रिय रहेका मिश्रले पोखरामा रहेर विभिन्न छापा एवं रेडियोमा काम गरिरहेका छन।

युनियनको खुल्ला उपाध्यक्षमा विजय लम्साल पनि निर्विरोध निर्वाचित भएका छन । लम्साल यस अगाडी युनियनको जिल्ला कार्य समितिको कोषाध्यक्ष थिए । उनि ताण्डव न्यूज़मा संलग्न छन ।

समितिको महिला उपाध्यक्ष महिला ज्योती हमाल र सचिवमा धन बहादुर गुरुङ चयन भएका छन् । गुरुडं पोखराको आदर्श समाज दैनिकमा कार्यरत छन।त्यसै गरी सहसचिवमा सपना अधिकारी, कोषाध्यक्ष निराजन अधिकारी चयन भए ।

कार्यसमिति सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिमा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ, सविन विक निर्विरोध निर्वाचित भएका छन् ।

यस पटक युनियनको कास्की जिल्लाको नेतृत्व लिन अन्य ५ जनाले पनि ईच्छा जाहेर गरेर उमेदवारी दिएका थिए । जसमा यस अधि कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेकी रविना आले,राससमा कार्यरत बासुदेव पौडेल, नेपाल टेलिभिजनमा कार्यरत पर्शुराम शर्मा र कान्तिपुर टिभीमा कार्यरत भुपाल गुरुडं र यस अगाडीका कोषाध्यक्ष तथा हाल उपाध्यक्ष बनेका बिजय लम्साल समेत आकांक्षी थिए ।

आईतबार र सोमवार प्रेस युनियनका सदस्यहरुको पहल र सहमतीमा कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो ।

निर्वाचन सम्पन्न गर्न राज बहादुर गुरुडं संयोजक र गिता लामीछाने, हरी भट्टराई र पदम श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति बनेको थियो भने केन्द्रीय प्रतिनिधिको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छवि तिवारी खटिएका थिए ।

युनियनको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंकराज अधिकारी, उपाध्यक्ष माधव रेग्नी र महासचिव प्रकाश ढकाल सहित पुर्व अध्यक्षहरु शिरोमणि बराल, नविन सिग्देल लगायत सक्रियता पूर्वक लागेका थिए ।

नेपाल प्रेस युनियन कास्कीको नेतृत्व यस अगाडी कार्यबाहक अध्यक्षको रुपमा रविना आलेले सम्हालेकी थिईन । त्यस अगाड़ी नविन सिग्देल, शिरोमणि बराल, हेमराज बराल र गंगाधर पराजुलीले कास्कीमा प्रेस युनियनको अध्यक्ष बनेका थिए ।

युनियनका पुर्व अध्यक्षहरु मध्ये गंगाधर पराजुलीले युनियनको क्षेत्रीय संयोजक सहित केन्द्रीय समितिमा प्रथम उपाध्यक्ष समेत रहेर काम गर्नुको साथै नेपाल पत्रकार महासंघको केन्दीय उपसभापति र नेपाल सरकार अन्तर्गत न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत रहेर काम गरिसकेका छन भने हेमराज बराल युनियनको केन्द्रीय सदस्य बनेका थिए ।

९ जेष्ठ २०८०, मंगलवार १७:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा