Play

पोेउवासंघका अध्यक्ष प्रजापति नेउवा महासंघको रोजगारदाता परिषद् सदस्यमा मनोनित

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सदस्यमा मनोनित भएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई सो पदमा मनोनित गरेका हुन् ।

महासंघमा रहेको रोजगारदाता परिषद्लाई रोजगारी सिर्जना तथा रोजगार क्षेत्रमा देखिएका समस्याहरु संवोधन गर्ने जिम्मेवारी रहेको छ ।

महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ रोजगारदाता परिषद्की अध्यक्ष हुन् ।

२ जेष्ठ २०८०, मंगलवार ०७:४७ मा प्रकाशित
Nabintech