Play

रास्वपामा रवि र स्वर्णिमको नेतृत्व टक्कर, पार्टीभित्र अन्तरसंघर्षको आंकलन

गुरुकुल खबर


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई दिएको समर्थन फिर्ता लिने रणनीतिमा रवि लामिछानेले प्रधानमन्त्री हुने सपनासँग जोडिएको छ । भलै, त्यो सपना कसरी र कहिले पूरा हुन्छ यसै भन्न सकिन्न । तर, लामिछानेको पार्टीमा अबको नेतृत्व कसरी अगाडि बढ्छ ? भन्ने चाहिँ निकै चासोको विषय बनेको छ ।

पार्टीमात्र स्वर्णिम वाग्लेको प्रवेशसँग यो पार्टीभित्रको अन्तरसंघर्षको आंकलन बढ्न थालेको हो । वाग्लेले आफूनिकटसँग अब रास्वपाको नेतृत्व आफ्नो हातमा आउने बताउने गरेका छन् । राजनीतिक, आर्थिक र भूराजनीतिक कारणले पनि आफू नेतृत्वमा पुग्ने बताउने गरेका छन् । तर, त्यो स्थिति अहिले नै भने देखिएको छैन ।

वाग्ले संघीयताको पक्षमा रहेका छन् तर लामिछाने संघीयताको विपक्षमा स्पष्ट रुपमा देखिने गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकै दिन पनि प्रदेश भनेको नेता व्यवस्थापन गर्ने थलो भएको बताएका थिए । अनि, अहिले सांसद भएका धेरै जना संघीयताको पक्षधर रहेका छन् ।

जुन दिन वाग्लेले नेतृत्वको लागि संकेत देखाउन थाल्नेछन् त्यतिबेला रास्वपा विभाजन हुने डर भने पैदा हुने देखिन्छ । वाग्लेलाई रास्वपाभित्रका पूर्वकांग्रेसले साथ दिने देखिन्छ । हिजोसँगै काम गरेर आएका शिशिर खनाल, मनिष झा, अरनिको पाण्डेहरु वाग्लेको पक्षमा लाग्ने देखिन्छ ।

विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सन्तोष परियारहरु पनि वाग्लेको खेमामा लाग्ने अनुमान छ । वाग्ले र लामिछानेमा व्यक्तित्वको टकरावमात्र होइन, एजेण्डामा पनि फरक पर्ने संकेत देखिएको छ । वाग्लेले अहिलेको व्यवस्थाको विकल्पमा देखिएका छैनन् ।

वाग्ले संघीयताको पक्षमा रहेका छन् तर लामिछाने संघीयताको विपक्षमा स्पष्ट रुपमा देखिने गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकै दिन पनि प्रदेश भनेको नेता व्यवस्थापन गर्ने थलो भएको बताएका थिए । अनि, अहिले सांसद भएका धेरै जना संघीयताको पक्षधर रहेका छन् ।

मनिष झा, सन्तोष परियार, शिशिर खनाल, विराजभक्त श्रेष्ठलागयतका नेताहरु संघीयताका पक्षमा उभिएका र समावेशी समाज निर्माणका लागि वकालत गरिरहेका सांसदहरु हुन् । लामिछाने विकल्पमा गए उनीहरुले साथ दिने संभावना कम रहेको छ । त्यस्तो बेलामा अन्तर्राष्ट्रिय शक्ति केन्द्रको समेत साथ पाएका वाग्लेले ती नेताहरुको साथमा पार्टीकै नेतृत्व गर्ने खतरा रहेको छ ।

त्यसैले, यो पार्टी व्यक्तित्वमात्र होइन, एजेण्डाको रुपमा पनि उनीहरुवीच मनमुटाव हुने संकेत देखिएको छ । वाग्लेनिकट कांग्रेस नेता र कार्यकर्ताहरु पनि रास्वपामा समाहित हुन थालेका छन् र भोलिको दिनमा यो क्रम अझै बढ्न सक्छ । तिनीहरुको साथ पाउँदा पनि वाग्ले थप बलियो हुनसक्छन् ।

गणेश कार्कीले पहिलादेखि नै प्रश्न उठाउँदा लामिछानेले उनलाई कारबाही गर्न सकेका छैनन, बरु केन्द्रीय कमिटीमा आफूखुसी संख्या थपेर आफ्नो बहुमत भने पुु¥याएर राखेका छन् । लामिछानेले आफ्ना ‘एसम्यान’हरु जम्मा गरेर कमिटीलाई बहुमतमा राख्नुुले पनि लामिछानेमा पहिलादेखि नै त्यो आशंका रहेको देखिन्छ ।

२९ बैशाख २०८०, शुक्रबार १२:०२ मा प्रकाशित
Nabintech