Play

चितवनको चेपांग बस्तीमा पोखराको ढोरबाराही दिदी बहिनी समितिको सहयोग

गुरुकुल खबर


पोखरा महानगरपालिका वडा नं ६ का महिलाहरुद्वारा गठित ढोरवाराही दिदि बहिनी समितिले स्थानीय स्तरमा मात्र नभएर पोखरा बाहिर समेत विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

महिला दिदी बहिनीहरुको सशक्तिकरण एवं महिलाहरुको चेतना जागृत गराउने र आफ्नो हक अधिकार सहित परिवारका सदस्यहरुलाई समेत आवश्यक ज्ञान दिलाउनका लागि विभिन्न काम गर्दै आएको उक्त संस्थाले चितवनको चेपाड्ंग बस्तीमा पुगेर आर्थिक एवं भौतिक सहयोग गरेको छ ।

यस क्रममा चितवन जिल्लाको उपरदाङ गढि स्थित चेपाङ वस्तीमा रहेको श्री राष्ट्रिय आधारभूत विधालयमा अध्ययनरत ३१ जना छात्र छात्राहरूको लागि ढोरबाराही दिदी बहिनी समितिले विधालय पोसाक, र स्टेशनरी प्रदान गरेको छ ।

पोखराबाट चितवनको विकट मानिने त्यस क्षेत्रमा पुगेका समितिका पदाधिकारी एवं सदस्यहरुले बिधार्थीहरुको लागि आवश्यक पर्ने स्टेशनरी र पोशाक सहित विद्यालयलाई नगद १० हज़ार पाँच सय रुपैया आर्थिक सहयोग प्रदान गरेका थिए ।

कार्यक्रममा ढोर बाराही दिदी बहिनी समितिको अध्यक्ष गिता पहारी, सल्लाहकार तेजनारायण पराजुली , विधालयका प्राचार्य ज्योती गुरुङ, र सहयोगदाताहरुको तर्फबाट शान्ती अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए । उनिहरुले पोखराबाट चितवन आएर चेपांग बस्तीका बालबालिकाहरुलाई सहयोग गर्न पाएकोमा खुशी प्रकट गरेका थिए ।

२८ बैशाख २०८०, बिहीबार २०:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा