Play

रतन पाण्डे मावि पोखरा- १३ मा नवनिर्मित भवनको उद्घाटन, अभिभावक दिवस र पुरस्कार वितरण

गुरुकुल खबर


पोखरा,  श्री रतन पाण्डे माध्यमिक विद्यालय, पोखरा- १३ आर्वाको नवनिर्मित बिध्यालय ट्रष्ट भवनको उद्घाटन, ६६ औ वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा  कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाको अर्बौ रुपयाँ शिक्षा क्षेत्रमा लगानी गरेको तर प्रतिफल पाउन नसकेको गुनासो गरे।   बिस्तारै सरकारी बिद्यालयले गतिलिन थालेको आभास आँफुले पाएको भन्दै  उनले  महानगरले सामुदायिक बिध्यालयहरुमा दिंदै आएको खाजा खर्चमा बृद्धि गर्ने लगायतका काम गरिएको  जानकारी  दिए।
कार्यक्रममा पोखरा महानगरपालिका वडानं १३का वडा अध्यक्ष किरण बराल, निवर्तमान वडा अध्यक्ष दर्शन लामा, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, छोरेपाटन उच्चमाविका प्राचार्य डिल्लीराम भुषाल, कोन सहकारीका अध्यक्ष तिर्थ बहादुर बस्नेत लगायतका वक्ताहरुले रतनपाण्डे माविको शैक्षिक उन्नति का बारेमा आआफ्ना भनाईहरु राखेका थिए।
श्री रतन पाण्डे माध्यमिक विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शरदचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले बिध्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए। शिक्षिका सावित्री कोईरालाले सञ्चालन गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र बरालले स्वागत गरेका थिए।
कार्यक्रममा वर्ष उत्कृष्ट  शिक्षक मिन के सी, वर्ष उत्कृष्ट बिद्यार्थी अभिषेक बराल, वर्ष उत्कृष्ट अभिभावक गीता बराल, वर्ष उत्कृष्ट कर्मचारी सरस्वती देवकोटा तथा दिर्घ सेवा सम्मान शिक्षिका राधादेवी बराल र संगिता पोखरेल लाई पुरस्कार एवं सम्मानित गरिएको थियो

२५ बैशाख २०८०, सोमबार २०:०० मा प्रकाशित
Nabintech