Play

१६९ जना यात्रु रहेको फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बच्यो , केहीबेर आकाशमै होल्ड

गुरुकुल खबर


काठमाडौँ । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।

असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले अर्केो इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।

यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । तर जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको हो ।

प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

फ्लाइ दुबईको प्राविधिक समस्या देखिएको जहाजमा १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतले जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेको जानकारी दियो ।

जहाज दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको थियो । जहाजमा आगोको झिक्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो ।

Call sign Fz 576 नम्बरकाे उक्त्त जहाज अहिले पनि आकाशमै रहेको र विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले विमान दुवईतिर सुरक्षित गएकाले चिन्ता नगर्न भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मन्त्री किरातीले भनेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नुहोला सबैलाई शुभयात्रा।’

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलबाट दुवईका लागि उडेको विमानमा केहीबेरमै झिल्का देखिएको थियो । त्यसलगत्तै विमानमा आगलागी भएको आशंका गरिएको थियो ।

११ बैशाख २०८०, सोमबार २२:४६ मा प्रकाशित
Nabintech