Play

तमू संचारकर्मी संघ नेपालको अध्यक्षमा लाला गुरुङ चयन

गुरुकुल खबर


पोखरा । तमू गुरुङ सञ्चारकर्मी संघ नेपालको हालै सम्पन्न पाँचौं महाधिवेशनले चित्रबहादुर गुरुङ लालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा खिमा गुरुङ कास्की, महासचिवमा चित्रबहादुर गुरुङ चितवन, सचिवमा रुपेन्देहीका कोमबहादुर गुरुङ  र कोषाध्यक्षमा अनिता गुरुङ गोर्खा रहेका छन् ।

यसैगरी सदस्यमा केशव गुरुङ गोर्खा, किरण गुरुङ कास्की, दोलख गुरुङ ९धादिङ, इन्द्रबहादुर गुरुङ कास्की, केशव गुरुङ काठमाण्डौ र दानबहादुर गुरुङ चितवनलाई चयन गरिएको निर्वाचन मण्डलका सदस्य दण्ड गुरुङले जानकारी दिए ।

महाधिवेशनको उदघाटन गर्दै गण्डकी प्रदेश कृषि, उर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङ ९श्याम० ले सामाजिक मूल्यमान्यता जातीय अस्तित्व, पहिचान साथै अधिकारका लागि गुरुङ सञ्चारकर्मीलाई निरन्तर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङ, वडा नं २ का अध्यक्ष भोजबहादुर गुरुङ, १ का अध्यक्ष देवीजंग गुरुङ, अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष भरतमान गुरुङ, गुरुङ फिल्म एसोसिएसन नेपाल ९जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङ, तमू सञ्चारकर्मी संघका निवर्तमान अध्यक्ष रविन गुरुङ, अग्रजहरु अनिता गुरुङ, भीमप्रसाद गुरुङ, गणेशमान गुरुङ, बद्रिकाजी गुरुङ, राजेश गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका जगद दोङलगायतको उपस्थिति रहेको थियो ।

२७ चैत्र २०७९, सोमबार १४:५८ मा प्रकाशित
Nabintech