Play

तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदको १३औं राष्ट्रिय पार्षद सभा शनिबारदेखि पोखरामा हुने

गुरुकुल खबर


पोखरा । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदको १३औं राष्ट्रिय पार्षद सभा यही चैत १८ र १९ गते पोखरामा हुने भएको छ ।

‘तमु ‘गुरुङ’ भाषालाई सरकारी कामकाजको भाषा घोषणा हाम्रो आव्हान, तमू थातथलोको नाम पुर्नस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’ भन्ने नारा सहित पार्षद सभा पोखरामा हुन लागेको हो ।

करिब ६०० जना प्रतिनिधिहरुको सहभागितामा पोखरा सिटी हलमा पार्षद सभा आयोजना गरिने बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी संस्था केन्द्रीय अध्यक्ष कर्ण बहादुर गुरुङ जानकारी दिए।

सो पार्षद सभाबाट तमू गुरुङ जातिको सामाजिक, संस्कृतिक, आर्थिक तथा राजनैतिक अधिकारका विषयमा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका संविधानले परिकल्पना गरेका राज्यको विकासका बारेमा संस्थागत धारणाहरु निर्माण गर्ने विषयमा महत्त्वपूर्ण नीतिहरु पारित गर्ने लक्ष्य रहेको छ।

चैत १८ गते चिप्लेढुङ्गाबाट झाँकी र्याली सहित पोखरा सिटी हल सभागृहमा पुगी औपचारिक उदघाटन कार्यक्रममा परिणत हुने  आयोजकले जनाएको छ ।

पार्षद सभामा देशभरिका विभिन्न जिल्ला तथा प्रदेश समितिहरु, विशेष सदस्य संगठनहरु, आबद्ध तमू संघसंस्थाहरुबाट र संस्थाका संरक्षक परिषद, केन्द्रीय सल्लाहकारहरु, निर्देशन तथा अनुगमन समिति सदस्यहरु गरि करिब ६०० जना प्रतिनिधिहरुको सहभागीता हुनेछ।

संस्थाको केन्द्रीय अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा संस्थाका महासचिव डम्मर गुरुङ, उपमहासचिव मनोज गुरुङ, कास्की शाखाका अध्यक्ष सीता गुरुङ, कास्की शाखा सहसचिव एवं संचार संयोजक खिमा गुरुङले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदको नेपालको सातवटा प्रदेशमा नै प्रदेश कार्यसमिति, ६५ वटा जिल्लामा जिल्ला कार्यसमिति, भातृ संगठनको रुपमा महिला, युवा, विधार्थीमा भातृ संगठन र पेशागत क्षेत्रमा तमू ‘गुरुङ’ कलाकार, पर्यटनकर्मी, संचारकर्मी लगायत पेशागत संस्थाहरु रहेका छन।

१५ चैत्र २०७९, बुधबार २१:२९ मा प्रकाशित
Nabintech