Play

रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षमा निधन

गुरुकुल खबर


पोखरा । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो । लामो समयसम्म रेडियो नेपालमा काम गर्नु भएकी उहाँको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । उहाँको आज दाहसंस्कार गरिने जनाइएको छ ।

रेडियो नेपालबाट प्रसारण हुने यो सशक्त ध्वनी अब स्मरणमा मात्र हुनेछ। भाषा, सिल्पी र उच्चारणमा स्पष्टताको मानक नै उहाँ हुनुहुन्थ्यो ।

१० चैत्र २०७९, शुक्रबार १०:३७ मा प्रकाशित
Nabintech