Play

स्वस्तिक हस्तकला उधोग पोखराद्वारा फूल र व्याच निर्माण तालिम प्रदान

गुरुकुल खबर


पोखरा । स्वस्तिक हस्तकला उधोग पोखराले आईतबार फूलमाला तथा व्याच निर्माण तालिम प्रदान गरेको छ ।

स्व प्रवीण गुरुङको स्मृति कार्यक्रमको लागि पूर्व सन्ध्यामा सो तालिम प्रदान गरिएको जनाईएको छ ।

स्वस्तिक हस्तकला उधोग पोखराकी प्रोपाईटर सीता गुरुङ र धनाशोभा गुरुङद्वारा लुम्ले वडा नं ६ को ३३ जना महिलालाई कार्यक्रमकै लागि आवश्यक माला ब्याच र फूल बनाउने तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।

जनप्रतिनिधि लक्ष्मी नारायण देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार नविन गुरुङ र जीवन दाहालले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

६ चैत्र २०७९, सोमबार ०९:३२ मा प्रकाशित
Nabintech