Play

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

गुरुकुल खबर


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको बताए । उपाध्यक्ष श्रेष्ठले समय परिवर्तनशील रहेकाले परिवर्तनशील समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक मुलुक भन्दा पनि बजारका रुपमा मात्रै विकास हुने बताए । उनले  अबको चुनौती भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन बिस्तार गरेको बताए । उनले संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गरे ।

उनले पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर मेरो उम्मेदवारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने बताए ।

श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताए । उनले पहुँच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात् प्रभाव पु¥याउनेगरी काम गर्ने बताए ।

उनले महासंघसँग आबद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेदवार आफू रहेको बताए । उनले महासंघको विभिन्न उद्योग, राजश्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेकाले त्यो अनुभवलाई लिएर अगाडि बढ्ने सोच बनाएको बताए ।

उनले वरिष्ठ उपाध्यक्ष भएर काम गर्ने जिल्लादेखि केन्द्रसम्म टिम रहेको बताए । उनले टिममा बसेर महासंघको भिजन पेपर अनुसार काम गर्नको लागि पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने बताए ।

उनले पछिल्लो समय बैंकको ब्याजदरको कारण व्यवसायी मर्कामा रहेको भन्दै बैंकको ब्याजदर कम गर्ने विषयमा गम्भीर भएर लाग्ने बताए । उनले बैंकको ब्याजदरको विषयमा बैंकहरुले व्यवसायीहरुको अवस्थालाई बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको भन्दै बैंकको ब्याजदर व्यवसायीहरुले धान्न सक्ने अवस्था नभएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गरेका नीतिहरुको कारणले ब्याजदर बढेको आरोप लगाए ।

न्युज एजेन्सी नेपाल

३० फाल्गुन २०७९, मंगलवार २२:३४ मा प्रकाशित
Nabintech