Play

अधिकारीलाई उपनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव

गुरुकुल खबर


दमौली , नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य एवं युवा तथा तरुण शाखाका प्रमुख डम्बर अधिकारीलाई तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव आउन थालेको छ ।

जिल्ला स्थित कांग्रेसका नेता तथा कार्यकर्ता र युवा तरुणहरुबाट अधिकारीलाई उपनिर्वाचमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव आएको हो ।

नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका कार्यवाहक अध्यक्ष दिपेन्द्र अधिकारी , प्रेस युनियनका सदस्यहरु विष्णु गौतम र विकास खनाल लगायतले अधिकारीलाई उम्मेदवारी दिन सुझाव दिएका छन् ।

युवा तरुणहरुको आवाज सडकमा मात्र नभई संसदमा गुञ्जाउनका लागि पनि अधिकारीले उपनिर्वाचनमा उम्मेदवारी दिनुपर्ने उनीहरुको भनाई छ ।

३० फाल्गुन २०७९, मंगलवार २१:५७ मा प्रकाशित
Nabintech