Play

दूधको मूल्य लिटरमा ९ रुपैयाँ बढ्यो

गुरुकुल खबर


पोखरा । सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँ वृद्धि गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पु¥याउने निर्णय गरेको हो ।

अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य तोक्ने छ ।

राष्ट्रिय दुग्ध विकास बोर्ड र दुग्ध व्यवसायीहरु मिलेर गत २ फागुनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य १० रुपैयाँले बढाउन सिफारिस गरेको थियो ।

१९ फाल्गुन २०७९, शुक्रबार २३:२६ मा प्रकाशित
Nabintech