पोखरा। तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, जिल्ला कार्यसमिति कास्कीको छैटौं साधारण सभा तथा दोश्रो महाधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि युग बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शिला गुरुङ, सचिवमा सम्राट गुरुङ, सहसचिवमा दिल गुरुङ,कोषाध्यक्षमा तिर्सना गुरुङ रहेका छन् ।
सदस्यहरुमा पदम घले, जित गुरुङ, आकाश गुरुङ, हुम बहादुर गुरुङ, सदिक्षा गुरुङ र मन प्रसाद गुरुङ रहेका छन् ।
६ फाल्गुन २०७९, शनिबार २०:४४ मा प्रकाशित