Play

खानेपानीको शुद्धतामा जोड दिऔँः मेयर आचार्य

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा न.१९ पुरुन्चौर स्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रैकरमा आयोजित एक कार्यक्रमका बीच उक्त कार्यालय भवनको शिलान्यास गरेका हुन् ।

खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको भन्दै प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्त्वपूर्ण हुने बताए। “खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, सुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, प्रमुख आचार्यले भन्नुभयो, अव यसको उपलब्धता मात्र होइन, यो सुद्ध समेत हुनुपर्छ भन्ने अभियानमा हामी छौँ ।”

हाल सञ्चालनमा रहेका खानेपानीको आयोजनाहरू समयमा नै सम्पन्न गरी धाराबाटै पिउन मिल्ने गरी सुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको समेत बताए। पोखरा महानगरपालिका क्षेत्रमा वितरण गरिएको खानेपानीको सुद्धिकरणका लागि जाइकासंगको समन्वयमा काम भइरहेको जानकारी दिँदै त्यो परियोजना अन्तिम चरणमा रहेको बताए ।

उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद पौडेलले खानेपानीको लागि विगतमा निकै दुख झेल्नु परेको सुनाउँदै पछिल्ला दिनहरू भने सहज हुँदै आएको बताए । “हिजोका दिनहरूमा यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि खानेपानी निकै समस्या रहेको थियो, उनले भने, तर स्थानीयहरूको सक्रियता र सम्बन्धित निकायको सहयोगले विभिन्न आयोजनाहरू सञ्चालन गरिएपछि अहिले धेरै नै राहत मिलेको छ ।”

बहुउद्देश्यीय भवनका रूपमा निर्माण गर्न लागिएको भवनमा गण्डकी प्रदेश सरकारको समेत लगानी रहेको छ । यस भवनले त्यस क्षेत्रका ४१५ घर परिवार लाभान्वित हुनेछन् । उक्त भवन रैकरमा निर्माण गर्न लागिएको हो ।

५ फाल्गुन २०७९, शुक्रबार २२:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा