Play

ग्रामिण पर्यटन प्रवर्दनकालागि हाइकर्स क्लव नेपाल लाहाचोकमा

गुरुकुल खबर


पोखरा । माछापुच्छ्रे गाउपालिका वडा नं. ४ लाहाचोक गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले हाइकर्स क्लव नेपालको समुह उक्त गाउँ पुगेको छ ।

स्वस्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार संचालन हुँदै आएको एक दिने छोटो पदयात्रा (हाइकिङ) को ३१ औं श्रृङखला अनुरुप लाहाचोक गाउँमा पुगेको हो ।

पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको मिलन चोकमा भेला भई पैदल यात्रा सुरु गरेका उक्त समुहलाई क्लबका संयोजक कृष्ण रानाभाटले हाइकिङले स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेकोले छिट्टै विधिवत रुपमा दर्ता गरिने जानकारी गराएका थिए ।

२०७६ साल देखि नियमित रुपमा हुँदै आएको हाईकिङ कोरोना महामारीका कारण स्थगित भएको थियो । तर अहिले नियमित रुपमा संचालन भइरहेको क्लवका सदस्य तथा कानुनी सल्लाहकार अधिवक्ता नोज घर्तिमगरले जानकारी दिए ।

विद्यार्थीदेखि गृहणीसम्म सहभागी भई रमाईलो गर्दै पैदल हिडेर स्थानिय वस्ती, खोलानाला, वनजंगल, विभिन्न विकास निर्माणका कार्यलाई प्रत्यक्ष रुपमा अवलोकन गर्दै ४ देखि ५ घण्टा संगै हिड्नु नै हाइकिङको उद्धेश्य रहेको रेडियो सफलताका स्टेसन म्यानेजर मधु अधिकारीले बताए ।

लाहाचोकका व्यवसायी राजेन्द्र अधिकारीले हाइकर्स क्लबका सदस्यहरुलाई लाहाचोकमा स्वागत गर्दै रहेका विभिन्न देवी देवताका मन्दिरहरु, प्रचारप्रसारको पर्खाइमा रहेको पर्यटकीय पातीखोला गुफा, काल भैरब मन्दिर, नवनिर्मित माछापुच्छ्रे गाउँपालिकाको प्रशासनिक भवन, व्यवसायीक रुपमा गरिएका कृषि तथा पशु पालनको अवलोकन गराएका भएको आइटि व्यवसायी पितम सेन ठकुरीले जानकारी दिए ।

यस अगाडि कास्की, स्याङ्जा र तनहुँका विभिन्न गाउँहरुमा हाइकर्स समुह पुगेको र फागुन महिनाको अन्तिम शनिबार स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँमा जाने तयारी गरिएको छ ।

४ फाल्गुन २०७९, बिहीबार २१:४४ मा प्रकाशित
Nabintech