तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द घोषणा, नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त, प्रहरीको गाडी र अस्थायी बिटमा आगजनी

गुरुकुल खबर गुरुकुल खबर
२०७९ फाल्गुन २ मा प्रकाशित
in विशेष, Breaking News, अपराध, बाग्मती प्रदेश, समाचार
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द घोषणा, नयाँ बसपार्क क्षेत्र सोमबार दिनभर तनावग्रस्त, प्रहरीको गाडी र अस्थायी बिटमा आगजनी
36
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका सवारीसाधन बन्द गरिने जनाएका हुन् ।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिमाना असुल्ने, चालकको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुलीलगायत मनोमानी गरेको उनीहरूको आरोप छ । यसअघिसमेत ट्राफिक प्रहरीले जरिमानाका नाममा मनोमानी गर्ने गरेको भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिँदै आइरहेका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरले उठाएका माग तत्कालै सम्बोधन गरिनुपर्ने बताए । उनले कानुन संशोधनलगायतका नीतिगत विषय सम्बोधन गर्नेगरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने जानकारी दिए ।

राईका अनुसार यातायात मजदुरलाई नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी शैलीमा कुटपिटसमेत गर्दै आएका थिए । उनका अनुसार सो कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल, हिमाल कुँवरलगायत अपरिचित करिब ३० जनाको समूहले हातपात गरेपछि आन्दोलन चर्किएको थियो ।

‘ट्राफिक जरिमानाविरुद्ध हाम्रा १० बुँदे माग थिए, शान्तिपूर्ण आन्दोलनमार्फत हाम्रा माग सार्वजनिक गर्ने कार्यक्रम थियो, सो क्रममा गुन्डागर्दी शैलीमा यातायात मजदुरमाथि आक्रमण हुँदा आन्दोलन चर्कियो, अब हाम्रा माग पूरा नहँुदासम्म उपत्यकामा सार्वजनिक यातायात बन्द गर्छौं,’ राईले राजधानीसँग भने ।

यातायात मजदुरको आन्दोलनले सोमबार उग्ररूप लिँदै गएपछि नयाँ बसपार्क क्षेत्रको गोंगबु, माछापोखरी, बालाजुलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको थियो भने सर्वसाधारणलाई हिँडडुल गर्नसमेत असहज भएको थियो । सो अवस्था नियन्त्रणमा लिन खोज्दा प्रहरी र आन्दोलनकारीबीच पटकपटक झडप भएको थियो । आन्दोलका क्रममा प्रदर्शनकारीले बालाजु वृत्तका बा२झ १४४ नम्बरको स्कोर्पियो र बा१झ ७२२४ नम्बरको माज्दा गाडीमा आगजनी गरेका थिए ।

यस्तै, यातायात मजदुरले प्रहरीको अस्थायी बिटमा पनि आगजनी गरेका छन् भने ल्होत्से मलमा पनि आगजनी र तोडफोड गरिएको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा यातायात मजदुरले सवारीसाधन नै बाटोमा तेस्र्याएर सडकमा निस्किएका थिए । प्रहरीले सडक खुलाउन दबाब दिएपछि दोहोरो झडप भएको थियो । यातायात व्यवसायी सुरज कार्की भन्छन्, ‘ट्राफिक नियम उल्लंघन गर्दा कारबाही हुनुपर्छ तर कारबाहीका नाममा महँगी सहन सकिँदैन, पाँचपटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमले धेरैलाई दुःख दिएको छ, यस्ता नियम सच्याइनुपर्छ ।’

यातायात मजदुरको आन्दोलन नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । गण नम्बर–१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ भन्दा बढी सशस्त्र प्रहरी आन्दोलनलाई नियन्त्रणमा लिन खटाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

एम्बुलेन्ससमेत गुड्न पाएन

राजधानी काठमाडौंको ‘लाइफलाइन’ मानिने गोंगबु, नयाँबसपार्क, बालाजु, माछापोखरी, बाइपासलगायत क्षेत्रमा सोमबार मध्याह्नदेखि नै यातायात मजदुरले गाडी तेस्र्याएर अबरोध खडा गरेपछि हजारांै सर्वसाधारण मारमा परे ।

उनीहरूले बसपार्क सञ्चालनको जिम्मेवारी पाएको लोत्से बहुउद्देश्यीय कम्पनीका पदाधिकारीले मजदुरमाथि आक्रमण र थिचोमिचो गरेको आरोप लगाउँदै त्यसविरुद्ध यातायात नै अवरुद्ध गरिएको बताए । तर, यातायात मजदुरको आन्दोलन सोमबार साँझसम्म आइपुग्दा नियन्त्रणबाहिर गएर अराजकको जत्थामा परिणत हुनपुगेको थियो ।

उनीहरूले कानुन हातमा लिने प्रयास गरे । काठमााडांैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायले कानुन हातमा लिएर अराजक गतिविधि गर्ने अधिकार कसैलाई पनि नभएको बताए ।

सीडीओ उपाध्यायले आफ्ना माग राख्दा कानुनअनुसार शान्तिपूर्ण रूपमा राख्नुपर्नेमा त्यसो नगरिनु दुःखद भएको बताए । उनले आन्दोलनरत पक्षलाई वार्तामा बसी निकास खोज्न आग्रह गरे ।

नियन्त्रणबाहिर गएको भीडले बसपार्क क्षेत्रमा रहेको लोत्से कम्पनीमा प्रवेश गरी तोडफोडसमेत गरे । उनीहरूको अराजक भीडले माछापोखरीमा रहेको प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको छ भने प्रहरीको भ्यानमा समेत आगो लगाइदिएको छ । राति अबेरसम्म पनि गोंगबु, बसपार्क, माछापोखरी, बालाजु, बाइपास क्षेत्र तनावग्रस्त अवस्थामा थियो ।

लोत्सेका पदाधिकारी र मजुदरको अराजकताको मारमा सोमबार मध्याह्नदेखि रातिसम्म नै सर्वसाधारणले निकै कष्ट पाइरहे । यो दुःखकष्ट पाउने क्रम मंगलबार पनि जारी रहने बताइएको छ । मजदुरले मंगलबार पनि उपत्यकामा यातायातका साधन बन्द गर्ने निर्णय गरेका छन् । उनीहरूको यो निर्णयले सबैभन्दा बढी मारमा फेरि पनि सर्वसाधारण नै पर्नेछन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघको गतिविधि निकै अराजक देखिन्थ्यो । उनीहरूले गोंगबु बसपार्क, माछापोखरी, बालाजु, बाइपासमा सयौं गाडी बाटोभरि तेस्र्याएर विरोध प्रर्दशन गरे । मानांै ती सबै बाटो उनीहरूको पेवा हो । ती बाटाहरूमा अन्य निजी कार र मोटरसाइकल पनि चल्न पाएनन् । ती मजदुरले बस तथा अन्य यातायात साधनलाई बाटोभरि नै यसरी तेस्र्याइदिएकाले अन्य कुनै पनि निजी साधन सडकमा गुड्न असम्भव नै देखियो ।

उनीहरूको अराजकताका कारण बिरामी बोकेर आएका एम्बुलेन्स पनि बीच बाटैमा रोकिन बाध्य भएका थिए भने अन्य अत्यावश्यक सामान बोकेका यायायातका साधन पनि दिनभर नै सो क्षेत्रमा सञ्चालन हुन सकेनन् । अस्पताल हिँडेका बिरामी बीच बाटैबाट फर्कन बाध्य थिए ।

आइतबार सरकारले सार्वजनिक बिदा दिए पनि केही निजी विद्यालयले पठनपाठन सञ्चालन गरेका थिए । विद्यालयबाट घर फर्केका विद्यार्थी पनि रातिसम्म नै अलपत्र परेका थिए । कुनै पनि यातायात चल्न नपाएपछि हिँडेर गन्तव्यतर्फ अघि बढेका सार्वसाधारण निकै आतंकित थिए । प्रहरी तथा आन्दोलनकारी दुवैको आक्रमणमा पर्ने डरले सर्वसाधारण हात उठाएर हिँड्न विवश थिए ।

प्रदर्शन नियन्त्रणबाहिर
यातायात मजदुरको नाममा गरिएको आन्दोलन एकाएक अराजक र भीडतन्त्रमा परिणत भएको छ । काठमाडौं गोंगबु, बसपार्क, माछापोखरी, बाइपास, बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको आन्दोलन नियन्त्रणबाहिर पुगेको हो ।

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरी व्यापक तोडफोड गरेको छ ।

त्यहाँको मोबाइल पसलसहितका केही पसमा तोडफोड भएको छ । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको छ ।

सरकारद्वारा वार्ता आह्वान

सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बस्न आग्रह गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार बिहान वार्तामा आउन आग्रह गरिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमले सबै समस्या वार्तामार्फत गर्न सकिने भन्दै आज बिहान ८ बजे वार्तामा आउन आग्रह गरिएको जानकारी दिए ।

‘सार्वजनिक सवारी सेवा मर्यादित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध छ, यातायात मजदुरको हितका विषयमा पनि सरकार छलफल र संवाद गर्न तयार छ,’ महानिर्देशक गौतमले भने, ‘माग’bout पनि छलफल गर्न सकिन्छ अन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्छाैं ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.