Play

शिक्षक संघ पोखरा महानगरको अध्यक्षमा चार जनाको उमेदवारी, महिला उपाध्यक्ष सहित अधिकांश पदमा निर्विरोध

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको पोखरा महानगर समितिको अध्यक्ष पदका लागि चार जनाले उमेदवारी दर्ता गराएका छन ।

अध्यक्ष पदका लागि उमेदवारी दर्ता गर्नेहरुमा कृष्ण प्रसाद तिमिल्सिना, किरण बाबु न्यौपाने,विष्णु प्रसाद दाहाल र पुरुषोत्तम सापकोटा रहेका छन ।

अध्यक्षमा उमेदवारी दिएका कृष्ण तिमिल्सिना संघको महानगर समितिको वर्तमान  सचिव (अर्थ ) हुन भने किरण बाबु न्यौपाने पुर्व क्षेत्रीय संयोजक हुन । यसैगरि विष्णु दाहालले राहत शिक्षकको  क्षेत्रमा काम गरेका छन भने पुरुषोत्तम सापकोटा महानगर समितिका सचिव हुन।

समितिको उपाध्यक्ष तर्फ खुला उपाध्यक्षमा इन्दिरा लामिछाने र शिवमणी भण्डारी उमेदवारी परेको छ, महिला उपाध्यक्षमा भने  शर्मिला सापकोटा बरालको उमेदवारी परेको कारण उनि निर्विरोध निर्वाचित भएकी छन ।

समितिको एक जना सचिव पदका लागि जित बहादुर खनाल,लोकचन्द्र खनाल,राजेन्द्र गिरी र विष्णुहरी त्रिपाठी गरि चार जनाको उमेदवारी परेको छ भने एक अर्थ सचिव पदका लागि श्रीराम बराल र दिपेन्द्र प्रसाद बस्टाकोटी एवं एक जना खुल्ला सहसचिव पदका लागि दिपक सापकोटा,नवराज आचार्य र निर्मला केसीको उमेदवारी परेको छ

महिला सहसचिवमा बिमला लम्साल, अर्थ सहसचिवमा रामचन्द्र लामिछाने निर्विरोध निर्वाचित भएका छन ।समावेशी सहसचिवमा दुर्गा गुरुडं र पार्वती श्रेष्ठ दुवै जना निर्विरोध निर्वाचित भएका छन ।

वडाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुमा अर्थात् वडा संयोजकहरु मध्ये अधिकांश वडा संयोजक निर्विरोध निर्वाचित भएका छन भने केही वडाबाट उमेदवारी नपरेपछि त्यसको पदपुर्ति पछि गरिने भएको छ ।

वडाबाट प्रतिनिधित्व गर्ने वडा संयोजक वा महानगर समितिको सदस्यहरुमा वडा नं १ बाट ओमकुमारी गुरुडं, वडा नं ५ बाट नारायण प्रसाद अधिकारी, वडा नं ७ बाट भुवानी प्रसाद अधिकारी,वडा नं ८ बाट सुमित्रा बराल, वडा नं ९ बाट विपिन विश्वकर्मा, वडा नं ११ बाट सुरज बहादुर क्षत्री, वडा नं १३ बाट जिवन बुढाथोकी, वडा नं १५ बाट भीमराज पुन, वडा नं १७ बाट सुन्दरी देवी गिरी, वडा नं १८ बाट नारायण प्रसाद तिमिल्सीना, १९ बाट जगदीश लम्साल, २० बाट नारायण प्रसाद गौतम २१ बाट मिना अर्याल र २२ बाट महेश बरालको उमेदवारी परेको छ ।

वडा नं २३ मा भने गंगाधर चापागाई र केदार नाथ पराजुली दुई जनाले उमेदवारी दर्ता गराएका छन ।

यसैगरि वडा नं २४ बाट अमर बिक्रम शाह,२५ बाट छविलाल पौडेल,२६ बाट लेखनाथ ढुंगाना,२७ बाट धनबल्लभ ढुंगाना, २९ बाट बाबुराम न्यौपाने,३० बाट प्रकाश राम पौडेल,३१ बाट सुनिल लामिछाने, ३२ बाट उषा क़ाफ्ले र ३३ नं वडाबाट बिनोद दाहालले उमेदवारी दर्ता गराएका छन ।

महानगर समितिमा प्रतिनिधित्व गर्ने खुल्ला सदस्य तर्फ सन्तोष अधिकारी, एलिसा केसी, कृष्ण प्रसाद तिमिल्सिना,ओमकार राज पाण्डे, सुर्य प्रसाद तिमिल्सिना र कृष्ण बहादुर रानाभाटको उमेदवारी परेको छ।

नेपाल शिक्षक संघको पोखरा महानगरको अधिवेशनको उद्घाटन माघको ७ गते भएको थियो तर मतदाताको संख्या एकिन गर्न नसकेपछि अधिवेशनको निर्वाचन प्रक्रिया शुरु हुन सकेको थिएन ।
लामो समयको प्रयास पछि सदस्य संख्या एकिन गरि १२७८ बनाएको र उमेदवारी दर्ता माघ २८ गते शनिवार भएपनि मतदान भने फागुन ९ गते मात्र हुने भएको छ।
फागुन ७ गते सम्म उमेदवारहरु बिच सहमती क़ायम गर्न प्रयास गरिने र फागुन ८ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरेर फागुन ९ गते मतदान गर्ने कार्यक्रम तय गरिएको संघको महानगर समितिका अध्यक्ष भोला पौडेलले गुरुकुल खवरलाई जानकारी दिए ।
निर्वाचन सम्पन्न गर्न देबि बस्टाकोटी संयोजक तथा भोलानाथ पौडेल र गौरी पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ ।
नेपाल शिक्षक संघको महानगरको अधिवेशन सकिए लगत्तै कास्की जिल्लाको अधिवेशन हुने छ । यस अगाडी कास्कीका ४ वटा गाउं पालिकामा संघको अधिवेशन सम्पन्न भईसकेको छ ।
जस अनुसार रुपा गाउंपालिकामा चन्द्रमणी पौडेल, मादी गाउं पालिकामा सुमना सुवेदी, अन्नपूर्ण गाउं पालिकामा राजेन्द्र पौडेल र माछापुच्छ्रे गाउं पालिकामा विदुर चन्द्र ढकाल अध्यक्ष निर्वाचित भैसकेको जानकारी संघका कास्की जिल्ला सचिव राजु क्षत्रीले दिएका छन ।
जिल्लाको अधिवेशनमा करिव १ हज़ार ८ सय मतदाता रहने बताईन्छ ।
(तस्विर- माघ ७ गते सम्पन्न उद्घाटन समारोह)

२८ माघ २०७९, शनिबार २२:०६ मा प्रकाशित
Nabintech