Play

दलित संजाल पोखराको सावुन बनाउने तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा । वडा स्तरिय दलित संजाल पोखरा ९ ले आफ्नो वडामा रहेका दलित महिलाहरुलाई साबुन बनाउने तालिम दिएको छ ।

तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चम्रकारले तालिममा सिकेको सिपले महिला दिदीबहिनीहरु स्वरोजगार वन्नु पर्ने बताएकी थिइन् ।

कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्य तथा वडा सदस्य भावना श्रेष्ठ, वडा सदस्य लक्ष्मी पहारी, निवर्तमान वडा सदस्य राममाया मानन्धर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

१० दिनसम्म संचालन रहेको तालिममा २३ जनाको सहभागिता रहेको थियो भने पोखरा औद्योगिक क्षेत्रमा रहेको गण्डकी साबुन उद्योगका संचालक हरि विश्वकर्माले प्रशिक्षण दिएका थिए ।

तालिममा कपडा र भाडा माझ्ने साबुन, फिनेल, हर्पिक वनाउने तालिम दिईएको थियो ।

प्रशिक्षार्थीहरु सिम्रन सुनाम र एलिना परियारले तालिमबाट धेरै कुरा सिकेको वताउँदै आफुहरुले मिलेर साबुन उद्योग संचालन गर्ने विषयमा छलफल गर्ने वताएका थिए ।

संजालका अध्यक्ष रामबहादुर वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य जानकी परियार र संचालन सचिव सपना विकले गरेकी थिइन ।

२८ माघ २०७९, शनिबार १६:२४ मा प्रकाशित
Nabintech