पोखरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले लोकतान्त्रिक प्रणालीमा नेतृत्वले लोक अर्थात् आम नागरिकका कुरा सुन्न र आंफ्नो बारेमा गरिएको आलोचनालाई समेत मनन गर्न सक्नुपर्ने कुरामा जोड दिएका छन ।
नेपाली कांग्रेस कास्कीको शुभेच्छुक संस्था समन्वय समितिद्वारा आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पाण्डेले नेतृत्व संयमित र सहिष्णु बन्नुपर्नेमा जोड़ दिए ।
“ विगत ५/७ वर्षको बिचमा देशमा नागरिक स्तरबाट वा सामाजिक सन्जाल मार्फत सम्भवतः सबै भन्दा बढी आलचना नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको भयो होला तर वहांले कहिल्यै पनि सार्वजनिक रुपमा आंफ्नो आलोचना गर्नेहरु प्रति आक्रोस पोख्नुभएको छैन” कांग्रेस नेता पाण्डेले भने।
नेपालमा नया उदाएका भनिएका नेताहरु भने आंफ्नो गल्ती हुंदा समेत कुनै आलोचना सुन्न नसक्ने असहिष्णु र अमर्यादित बन्दै गएकोमा चिन्ता लागेको पाण्डेले उल्लेख गरे । प्रजातन्त्रको सुन्दर पक्ष भनेको आंफ्नो आलोचना पनि सुन्न सक्नुपर्छ भन्ने हो तर यहाँ नया र युवा नेता भनिनेहरुको व्यवहार आंफु मात्र ठिक,आंफु मात्र राम्रो र आंफु मात्र देश र जनताको लागि क्रियाशील रहेको भन्ने र अरुको सत्तोसराप सहित आलोचना मात्र गर्ने किसिमको देखियो,
आंफ्नो गल्ती ढाकछोप गर्न अरुको आलोचना मात्र गर्ने हैन , आंफु नै सुध्रिनु पर्छ- पाण्डेको भनाई थियो । नेपाली कांग्रेसमा विभिन्न विभाग र समिति बरु रहेको कुराको चर्चा गर्दै कांग्रेस केन्द्रीय सदस्य पाण्डेले भने- कास्कीमा शुभेच्छुक संस्था समन्वय समितिले गरे जस्तै काम सबै समिति र विभागले सबै ठाउंमा गर्ने हो भने संगठन बिस्तारमा बल पुग्नेछ ।
विभिन्न पेशागत एवं व्यवसायिक संस्थाहरु कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेकोले कि संस्थाहरुले भोग्नुपरेका समस्या समाधान गर्न एवं ति संस्थाहरुसंग सम्बन्धित नीति नियम वा कानुन बनाउनुपर्ने भए लिखित रुपमा जानकारी उपलब्ध गराउन समेत पाण्डेले आग्रह गरे।
गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा एमालेको रहेपनि संसदमा कांग्रेस प्रमुख शक्ति रहेकोले कार्यकर्ताहरुलाई सरकार कांग्रेसको छैन भनेर निराश नहुन समेत उनसे आग्रह गरे ।
आफु अबको ४/५ वर्षसम्म पोखरामा रहने भएकोले पार्टी संगठनको हितका लागि र कार्यकर्ताहरुको सन्तुष्टीका लागि गर्नुपर्ने काममा आंफु प्रतिवद्द रहने पाण्डेको भनाई थियो । पार्टीका केही नेता ढोंगी रहेको भन्दै उनले पार्टीमा गुट उपगुटको नाममा रमाउनुभन्दा सम्भावना बोकेका र काम गर्न ईच्छुक साथीहरुलाई मौका दिन सम्बन्धित तहका नेतृत्वलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीमा सबै क्षेत्र विधालाई समेटेर उपयुक्त ज़िम्मेवारी दिन आफु तत्पर रहेको भन्दै जिम्मेवारीमा रहेका साथीहरुले संगठन बिस्तारमा विशेष ध्यान दिन समेत आग्रह गरे ।
नेपाल विधार्थी संघ कास्कीमा केन्द्रीय समितिले नया अध्यक्ष मनोनित गरि पठाएको प्रसंग उल्लेख गर्दै बरालले निर्धारित समयमा अधिवेशन गर्न र आसन्न स्ववियुको निर्वाचनमा विभिन्न क्याम्पसहरुमा नेविसंघका उमेदवार बिजय गराउने अभियान सफल पार्न सबै प्रतिवद्द हुन आग्रह गरे ।
नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका सदस्य एवं शुभेच्छुक संस्था समन्वय समितिका संयोजक गंगाधर पराजुलीले पार्टीको नीति बिचार र सिद्दान्तलाई जनस्तरमा पुर्याउने कुरामा शुभेच्छुक संस्थाको भुमिका महत्वपुर्ण रहेको भएपनि पार्टीको तर्फबाट शुभेच्छुक संस्थामा काम गर्ने साथीहरुको मूल्यांकन सहि रुपमा हुन नसकेको गुनासो आउने गरेको छ भन्दै पार्टी र शुभेच्छुक संस्थाका बिचमा सहकार्य र समन्वय जरुरी रहेका कुरामा जोड़ दिए ।
पराजुलीले आंफु पनि नेपाल शिक्षक संघ र नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थामा लामो समय काम गरेको स्पष्ट पार्दै पार्टीलाई मानव शरिर मान्ने हो भने पार्टीका भातृ संस्थाहरु मानव शरिरको अंगको रुपमा र शुभेच्छुक संस्थाहरुलाई अक्सिजन अर्थात् प्राणको रुपमा लिन सकिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवं संविधान सभा सदस्य शारदा पौडेल, नेविसंघ कास्कीका नव नियुक्त सभापति नसिव गुरुडं,नेपाल ईन्जिनियर एशोसियशनका गण्डकी प्रदेश अध्यक्ष विजेन्द्र केसी, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी, नेपाल गृह श्रमिक संघ कास्कीका नि. अघ्यक्ष लालीमाया रेग्मी, नेपाल शिक्षक संघ कास्कीका सचिव राजु क्षत्री र नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका सदस्य वर्षा केशव पराजुली लगायतका वक्ताले आआफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी सहित महासचिव प्रकाश ढकाल, सदस्यहरु गिता लामिछाने विष्ट,सुभाष पौडेल र रिमा शाही, नेपाल शिक्षक संघ मादी गाउंपालिकाका अध्यक्ष सुमना सुबेदी, नेपाल शिक्षक संघ माछापुच्छ्रे गाउंपालिकाका अध्यक्ष विदुर चन्द्र ढकाल, नेपाल शिक्षक संघ अन्नपूर्ण गाउं पालिकाका अध्यक्ष राजेन्द्र पौडेल र रुपा गाउं पालिकाका अध्यक्ष चन्द्रमणी पौडेल लगायत कार्यसमितिकाहरुलाई सम्मान गरिएको थियो ।
प्रजातन्त्रबादी ईन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल सिडेन कास्की सभापति ई. सञ्जयराज तिमिल्सिना सहित उपसभापतिमा ई.सागर कार्की, सचिव ई विश्वास आचार्य, सहसचिवमा ई विश्वास भण्डारी र कोषाध्यक्षमा ई सन्दिप तिमिल्सिना सदस्यहरु सुविज्ञमणि भण्डारी, संगम बन्जरा, सागर बराल, सन्देश बराल अमित पौडेल, योगेश ठकुरी, जीवन चालिसे, मनिष तिमिल्सिना र रश्मि अधिकारी , नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्ष चेतमाया पगेनी ( गिता ) सहित उपाध्यक्ष सपना गिरी, सचिव ज्ञानु राना, सहसचिवम कौशल्या थापा र कोषाध्यक्ष लक्ष्मी पौडेल, सदस्यहरु मधु नेपाली, माया तिमिल्सिना, शर्मिला नेपाल, सन्तु पौडेल, गंगा कुँवर थापा, विध्या पराजुली, गुड्डु केसी, सृजना श्रेष्ठ, विष्णु भट्टराई र पारु गिरी, नेविसंघ कास्कीका नव नियुक्त सभापति नसिव गुरुडंलाई सम्मान गरिएको थियो ।