तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, June 2, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ माघ २० मा प्रकाशित
in राजनीति, Breaking News, अपराध, बाग्मती प्रदेश, समाचार
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
55
SHARES
219
VIEWS
Share on FacebookShare on Twitter

सर्वोच्च अदालतको फैसलापछि आइतवार बल्ल नागरिकता लिएका र पार्टीमा सजिलै पुनर्बहाली भएका रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था नै बाधक हुने देखिएको छ । अमेरिकी नागरिकता (ग्रिनकार्ड) त्यागेपछि पनि रद्द भइसकेको पुरानै नेपाली नागरिकता प्रयोग गरेको ठहरिएपछि संवैधानिक पदका लागि मात्र अयोग्य भएका छैनन्, उनले गरेका कामकारबाहीको बैधतामाथि पनि प्रश्न उठेको छ ।

विदेशको नागरिक बनेसँगै स्वतः बदर भएको नेपाली नागरिकता प्रयोग गरेर यसबीच गरेका सबै कामकारबाही र निर्णयहरू शून्यमा पुगेकाले उनको सिंहदरबार यात्रामा कानुनी चुनौती देखिएको हो । उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्यागेको आधिकारिक जानकारी काठमाडौँ सिडिओ कार्यालयले १५ गते आइतबार मात्र पाएको हो ।

संविधानको धारा २९१ मा विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्ति कम्तीमा तीन महिना कुनै पनि पदमा निर्वाचित हुन, नियुक्ति खान र मनोनयनका लागि अयोग्य हुने व्यवस्था छ । उक्त धाराको उपधारा (१) मा भनिएको छ, ‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन । तर, विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महिनाको अवधि व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रजिअ देवी पाण्डे खत्रीका अनुसार स्थायी आवासीय अनुमतिपत्र भन्दा नागरिकता अझ ठूलो कुरा हो । उपचुनावमार्फत सांसद जितेर नआउँदासम्म गैरसांसदका रुपमा ६ महिना गृहमन्त्री खाने लामिछानेको योजना तत्काल संविधानको यो व्यवस्थाको प्रतिकूल देखिन्छ । त्यसो त लामिछानेले दोहोरो राहदानी (पासपोर्ट)प्रयोग गरेको तथ्य सार्वजनिक भैसकेकाले उनलाई जुनसुकै बेला फौजदारी कसूर लाग्ने अवस्था विद्यमान छ । त्यस्तो अवस्थामा निर्वाचनसम्बन्धी ऐनले उनलाई मनोनयन दर्ताका लागि अयोग्य ठहर गर्छ ।

लामिछानेले सन् २०१४ मा अमेरिकी राहदानी लिएका थिए भने त्यसको अर्को वर्ष २०१५ मै नेपालबाट राहदानी बनाए । सन् २०१८ मा मात्र अमेरिकी नागरिकता परित्याग गरेका उनले करिब चार वर्ष बकाइदा दुई वटा राहदानी बोकेर विदेश यात्रा गरे । उनले दोहोरो राहदानी प्रयोग गरेको उनका वकिलले समेत स्वीकार गरिसकेको तथ्य हो । त्यसकारण यो विषय छानबिन गर्न प्रहरीमाथि दबाब छ । नागरिकताभन्दा पनि बढी संवेदनशील मानिएको यो विषय सरकारी कागजात किर्ते मुद्दा लाग्ने कसूर हो । यदि यो विषय छानबिन भए मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनी उम्मेदवार हुन पाउँदैनन् ।

लामिछानेको नागरिकता नै अवैध ठहर भएकाले त्यस आधारमा भएका निर्णय पनि स्वतः अवैध हुने हुँदा उनले हस्ताक्षर गरेर दिएको टिकटबाट चुनाव जितेका सांसदहरूको हैसियतमाथि समेत विभिन्न कोणबाट टिप्पणी भइरहेको छ । यति धेरै प्रश्न उठ्दा र कानुनका व्यवस्था प्रतिकूल हुँदाहुँदै पनि ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ शैलीमा अमूक पदका लागि मरिमेटेर लाग्नु राजनीतिक अनैतिकताको पराकाष्ठा हो ।

विगतमा अरुमाथि नैतिकताको प्रश्न उठाएरै चर्चामा आएका लामिछानेलाई राजनीतिक समीकरण मिलाउन उनले मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा उत्तिकै छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

सर्वाधिक पढिएका

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत
व्यक्ति/संस्था

उदयपुरको गढी गाँउपालिकाका २५ घर हावाहुरी प्रभावितलाई युनाइटेडको राहत

२०८० जेष्ठ १८ मा प्रकाशित
भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार
विशेष

भारत भ्रमणमा हाम्रा प्राथमिकता-हवाई रुट र बिजुली व्यापार

२०८० जेष्ठ १८ मा प्रकाशित
पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै
व्यक्ति/संस्था

पर्यटकीय गाउँ घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

२०८० जेष्ठ १८ मा प्रकाशित
वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष
समाचार

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

२०८० जेष्ठ १८ मा प्रकाशित
घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु
विशेष

घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सुरु

२०८० जेष्ठ १८ मा प्रकाशित
नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण
समाचार

नौ महिना अलपत्र परेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण

२०८० जेष्ठ १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.