Play

कांग्रेसका केही वडाध्यक्ष र केही कर्मचारीको मात्र साथ लिएर सफलता पाउलान त पोखराका मेयर धनराजले ?

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकामा नया जनप्रतिनिधिले ज़िम्मेवारी सम्हालेको करिव १ वर्ष हुंदैछ । यस बिचमा महानगरको नेतृत्वले के कस्ता काम गर्यो भन्ने प्रश्न सबैतिर उठिरहेका छन ।

महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा उपयुक्त निर्णय गर्न अझै सकेको छैन , मेयरले आंफु निर्वाचित भए लगत्तै पोखरा प्रदर्शनी केन्द्रमा भएको बिजयी सभामा महानगरका प्रमुख प्रशासकिय अधिकृतको कडा शब्दमा बिरोध गर्दै फोहरमैला व्यवस्थापनका नाममा दिईएको ठेक्कामा ठुलो अनियमितता भएको ठोकुवा गरेका थिए । त्यही सभामा उनले नगरपालिकाका कर्मचारीले गरेको सम्झौता तत्काल बदर गर्ने उद्घोष गरेका थिए । तर समय बित्दै जांदा नगरप्रमुख आचार्यले फोहरमैला संकलन गर्ने ठेक्का पाएकाहरु संग हिमचिम बढाए अनि तिनलाई नै पून म्याद थप गरेर काम लगाईरहेका छन । त्यसको पछाडीको रहस्य केही खुलेको छैन।

नगरप्रमुख आचार्यले अनियमित रुपमा वा फेवातालको मापदण्ड भित्र निर्माण हुन लागेका संरचना हटाउने भनेर निकै प्रचार गरे। केही दिन आंफु सहित नगर प्रहरी र नेपाल प्रहरी समेत लगेर १/२ वटा निर्माणाधीन संरचना हटाउन प्रयास गरेको भन्दै सामाजिक सन्जाल मार्फत हल्लाखल्ला गरे । तर दिन बित्दै गएपछि उनको सबै अभियान रोकियो र निर्माण हुन नदिने भनि रोकिएका संरचना पनि अहिले पुरा भएर आकर्षक रेष्टुरेन्ट वा अन्य व्यवसायहरु संचालन भैरहेका छन ।

बजार क्षेत्रमा निर्माण भएका घरहरु अन्डरग्राउण्ड रहेको भए त्यहा व्यापार व्यवसाय गर्न नदिने भनि केही दिन बजारमा डोजर लिएर मेयर आचार्य स्वयं पनि घुमे अनि जवर्जस्ती डोजर चलाएर केही घरहरु भत्काए । तर त्यसपछि न त ति अन्डरग्राउण्ड घरमा पार्किंग गर्न मिल्ने गरि सडक र घरको लेवल मिलाईयो न त ति घर धनीले पहिले पाईरहेको घरभाडा वापतको आम्दानी पाउन सके । अझ उल्टो अन्डरग्राउण्डमा भाडा तिरेर बसेका व्यवसायीहरु त्यहाबाट अन्यत्र ठाउं खोजेर सर्नुपर्ने र महंगो भाडा तिर्नुपर्न् पीडादायी अवस्थाबाट गुज्रिन बाध्य भए ।

नगरपालिकाक्षेत्रमा मापदण्ड बिपरित बनेका संरचना हटाउने नाममा पोखराको महेन्द्रपुलमा नगरपालिकाकै स्नामित्वमा रहेका भवनहरु भत्काउने काम गरेर चर्चामा आउने प्रयास गरे तर अहिले सम्म पनि त्यो ठाउंमा नया संरचना निर्माण गर्ने प्रक्रिया शुरु हुन सकेको छैन ।ति संरचना हटाउंदा कुनै व्यक्तिको घरको शटर खुला भएका कारण उनिहरुको घरभाडा त बृद्दी भएको छ तर पोखराको सार्वजनिक पुस्तकालय देखि आर्ट ग्यालरी जस्ता संस्था वेवारिसे बन्न पुगे ।

पोखरामा क्षेत्रीय स्तरको अन्तराष्ट्रिय बिमानस्थल बनाउने करिव ५ दशक अगाडीको प्रयास सफल भएर उद्घाटन गर्ने समयमा पनि वर्तमान नगरप्रमुख आचार्य सहितको टोली निकै उत्साहित देखियो। विमानस्थल उद्घाटन गर्ने कार्यक्रमको बहानामा मोटो रकम महानगरको तर्फबाट ख़र्च गरियो र सबै नगरवाशीलाई त्यहा उपस्थित हुन उर्दी जारी गरियो। अझ भन्ने हो भने ससाना बालबालिका जो त्यो समारोहमा जान सक्दैनन र त्यसबारेमा कुनै चासो रहंदैन तिनिहरु पढ्ने सबै बिधालय समेत एकाएक बन्द गर्न लगाएर उद्घाटन समारोहमा पुग्न उर्दी जारी गरियो र राजमार्ग सहित त्यस क्षेत्रकों आवागमन समेत अस्तव्यस्त पारियों तर पोखराको बसपार्कलाई व्यवस्थित गर्ने वा राजमार्ग क्षेत्रमा सवारी साधन व्यवस्थित गर्ने तर्फ कुनै योजना बनाउन चासो दिईएको छैन ।

पोखरा महानगरमा वर्षौदेखि काम गरेका अस्थायी र करारका कर्मचारीलाई हटाउने भनेर पटक पटक निर्णय गरियो । महानगरमा रहेका प्राविधिक तर्फका, स्वास्थ्य तर्फका र प्रशासन तर्फका गरि झण्डै २ सय ५० जना कर्मचारी हटाउने भनेर निर्णय गरिएकोमा समय बित्दै जांदा त्यहांका प्राविधिक तर्फका र स्वास्थ्य तर्फका कर्मचारी सहित नगर प्रहरी, कार्यालय सहयोगी, ड्राइभर, माली लगायतका श्रेणीबिहिन कर्मचारी सबैलाई राख्ने तर प्रशासन तर्फका करिव ४५ जना कर्मचारी मात्र हटाउने किसिमले प्रक्रिया अगाडी बढाउन लगाईयो ।

स्वेच्छिक अवकाश योजना ल्याएर आकर्षक सुबिधा दिने मौखिक आश्वासन दिने तर निश्चित कार्यविधी समेत नबनाउने प्रवृत्तिको बिरोध भएपछि स्वेच्छिक अवकासको योजनामा सहभागी हुन भन्दै ४ पटक सम्म सुचना जारी गरेर कर्मचारीलाई मानसिक यातना सहित दवाव दिने काम गरियो । फलस्वरूप ६० जना कर्मचारीले स्वेच्छिक अवकाश योजनामा सहभागी बन्ने भन्दै आवेदन दिए ।

महानगरपालिकाको कार्यपालिका बैठकले कार्यविधी पास गरेर मात्र त्यो योजना ल्याउनुपर्नेमा कर्मचारीलाई आवेदन नदिए पुष मसान्तबाट जागिर नरहने धम्की महानगरका कर्मचारी किरण कोईराला र ईश्वरी पोखरेल समेतले दिएपछि ६० जनाले आवेदन दिएपनि पछिल्लो समयमा मेयर र महानगरका उपल्लो तहका कर्मचारीको आवेदन भने गोप्य रुपमा फिर्ता गर्न लगाएको बुझिएको छ ।

सरसफाई शाखाको प्रमुख  कल्पना बराल सहित १८ जनाको आवेदन भने फिर्ता गरिएको छ । अरु कर्मचारीले त्यस्तो थाहा पाएपछि आंफ्नो आवेदन समेत फिर्ता गर्न खोज्दा मिल्दैन भन्ने जवाफ पाउने गरेका छन । बरालका श्रीमान  नेकपा समाजवादीका नेता  समेत रहेकोले राजनीतिक प्रभावका आधारमा उनको आवेदन फिर्ता गर्न लगाईएको हुन सक्ने अनुमान गरिएको छ । ।

महानगरमा खरदार मुखियामा करार र अस्थायीमा जागिर खाएकाहरु अहिले शैक्षिक योग्यता नभएपनि अधिकृत भैसकेको तर नासु र अधिकृत तहमा काम गरेका प्रशासन तर्फका ४०/४५ जना कर्मचारी मात्र हटाउन खोजिनुलाई पनि रहस्यको रुपमा हेरिएको छ ।

आर्थिक अनियमितता, अपारदर्शिता लगायतका थुप्रै बिषयहरु यतिबेला पोखरा महानगर भित्रका नगरवासी र स्वयं कर्मचारी र जनप्रतिनिधीको वृत्तमा उठिरहेका छन । स्थानीय तहको निर्वाचनमा आफैले जिताएका जनप्रतिनिधिको विरोध छोटो समयमा नै कसरी गर्नु भनेर मौन जस्तै रहेका महानगरवाशी अनि विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले बिस्तारै मुख खोल्न लागेका छन् ।

पछिल्लो पटक पोखरा महानगरले न्युरोड, नयाबजार, चिप्लेढुंगा क्षेत्रको सडकलाई पार्किंग निषेधित क्षेत्र बनाउने भनि सुचना जारी गरेपछि त्यसको पनि जनस्तरबाट बिरोध भैरहेको छ ।

कतिपयले त पोखराको मेयर धनराज आचार्यले आंफ्नो नाम अनुसारको काम गर्न लागेका छन ।उनि विधार्थी राजनीति गर्दा पनि धन कमाउन तिर लागे, त्यसपछि उनि नेटवर्किंग व्यवसायमा लागेर मात्र नभएर नेकपा एमालेका नेता रविन्द्र अधिकारीको संगतमा लागेर पनि धन जुटाउन सफल भए । धन खर्च गरेर नै महानगरमा निर्वाचित धनराजले अव पनि जनताको कुरा भन्दा धनलाई नै प्राथमिकता दिने आशंका प्रकट गर्छन उनका समकालीन साथीहरु ।

उनि पृथ्वी नारायण क्याम्पसमा स्ववियुको अध्यक्ष हुदा स्वतन्त्र विधार्थी युनियनको कोषको पैसा निकालेर स्टेशनरी व्यापार शुरु गरेको भन्दै आलोचना गर्न लागेका छन। स्टेशनरी चलाउंदा विभिन्न कार्यालयसंग मिलेर, पव्लिकेशन चलाउंदा स्कुल कलेज हरु संग मिलेर उनले राम्रै व्यापार गरे ।यस पटक आचार्यले पैसा खर्च गरेर चुनाव जितें अनि महानगरभित्रका केही ठेकेदार र व्यवसायी तथा महानगरका सिमित कर्मचारीहरुसंग मिलेर नीति निर्माण गर्ने तथा अपारदर्शी ढंगले काम गरेर पैसा कमाउने अभियान शुरु गरेको आरोप समेत उनि निकटका हरुबाटै लाग्ने गरेको छ ।

मेयर आचार्यलाई अनियमितता तर्फ लाग्नका लागि महानगरका अधिकृत किरण कोईराला र ईश्वरी पोखरेल सहित नेपाली कांग्रेसबाट निर्वाचित केही वडाध्यक्षहरुले साथ दिंदै आएको बताईन्छ । कांग्रेसबाट निर्वाचित वडा नं २ का वडाध्यक्ष दिवसमान प्रधानांग सहित अन्य केही वडाध्यक्षहरुलाई विश्वासमा लिएर मेयर आचार्यले अनियमितता लाई अगाडी बढाउन लागेको बताईन्छ ।

१८ माघ २०७९, बुधबार २१:२२ मा प्रकाशित
Nabintech