Play

तिमी प्रशन्न होऊ (कविता)

गुरुकुल खबर


कल्याण गुरुडं- 

 

तिमी प्रशन्न होऊ

तिम्रो शत्रु बेहोश हुनेछ ।

सबैलाई हितैषी र मित्र मात्रै नठान ।

 

कहाँ छन् र शत्रुहरु ? कहिल्यै नभन ।

बाहिर मात्र होईन, तिमी स्वयं भित्रै पनि तिम्रो शत्रु हुन सक्छन् ।

तिम्रो दाया बाया पनि तिम्रो शत्रु हुन सक्छन् ।

मित्र बनेर पनि शत्रु संगै बसेको हुन सक्छन् ।

बाहिर पनि तिम्रो बलियो शत्रु हुन सक्छन् ।

 

सतही र हल्का ढंगले कसैलाई नलिनु के गर्न सक्छन् र शत्रुहरुले ? नभन्नु ।

वास्तविक शत्रुलाई राम्ररी चिन्नु हितैषीलाई चिन्ने गतिलो प्रयास गर्नु ।

आफ्नो स्वार्थको लागि मित्र बनेका शत्रुहरुले,

तिम्रो वास्तविक मित्रहरुलाई तिमीबाट टाढा राख्नेछन्।

 

गलत सुचना दिएर तिमीलाई बहकाउने छन् ।

गलत व्याख्या गरेर मानिसलाई भडकाउने छन् ।

तिमीसंग उनीहरुलाई भेटन र संवाद गर्न दिने छैनन् ।

तिमीलाई उनीहरुले लेखेको पढन दिने छैनन्।

 

उनीहरुले बोलेको कठोर वचन सुन्न दिने छैनन्।

परिस्थिति र वास्तविकता बुझ्न दिने छैनन्।

तिमीलाई भेदभाव र अन्याय गर्न उक्साउने छन् ।

अवसरको वितरण र न्याय गर्न दिने छैनन् ।

 

भ्रमको नवीन सुन्दर संसार देखाउनेछन् ।

स्वार्थ समुहको साँघुरो घेरामा राख्नेछन् ।

तिमीबाट तिम्रो वास्तविक हितैषीहरुलाई टाढा राख्नेछन् ।

स्वार्थ पुरा भएपछि उनीहरुले नै पहिले तिमीलाई एकदिन साथ छोडेर जानेछन् ।

 

उनीहरुले तिमीलाई जिन्दगीभरि धुरुधुरु रुवाउन प्रत्यक्ष र अप्रत्यक्ष कोशिश गर्नेछन् ।

तर, तिमी नरुनु कहिल्यै पनि नरुनु

किनकी तिमी रोयौ भने तिम्रो शत्रु हाँस्नेछ ।

कठोर संकल्प लिएर, पीडालाई मन भित्र गाँठो पारेर बाँध ।

 

आँशुलाई पनि अमूल्य मोती झै साँच ।

हरेक बाधालाई अटल अठोटले भाँच ।

धोखाको कर्कस संगीतमा पनि नाँच ।

अपमानलाई उत्सव मनाएर पनि नाँच ।

 

धर्तीमा भूकम्प आउने गरि नाँच ।

शत्रुको मुटु हल्लिने गरि नाँच ।

नाँच, तिमी छमछमी नाँच ।

मन हल्का हुने गरि नाँच्नु।

साथी संगीहरुसंग दिल खोलेर हाँस्नु ।

 

तर, तिमी नरुनु कहिल्यै पनि नरुनु किनकी तिमी रोयौ भने तिम्रो शत्रु हाँस्नेछ ।

अनि, अपमान, विभेद, धोखा र वेदना सहेर पनि यो जगतमा तिमी हाँस,

रोएर केही हुँदैन तिमी मुस्कुराऊँ, तिमी मुस्कुराऊँ तिमी मुस्कुराऊँ

 

तिम्रो शत्रु रुनेछ ।

तिमी दिल खोलेर हाँस

तिम्रो शत्रु डाको हालेर रुनेछ ।

 

तिमी प्रशन्न होऊ

तिम्रो शत्रु बेहोश हुनेछ ।

२१ पुष २०७९, बिहीबार ०८:५७ मा प्रकाशित
Nabintech