Play

युआरएल विरौटा अध्यक्षमा विमला चयन

गुरुकुल खबर


पोखरा । युआरएल विरौटाको अध्यक्षमा विमला भण्डारी चुनिएकी छन् । मंगलबार भएको युआरएल विरौटा डायग्नोस्टिक प्रालिका सेयर लगानीकर्ताको भेलाले भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चुनेको हो ।
उपाध्यक्षमा शिवबहादुर थापा र सचिवमा शशिधर पौडेल छन् । सदस्यमा सूर्य पौडेल, गीता लामिछाने, कृष्णप्रसाद ढकाल र सन्दीप अर्याल छन् भने पदेन सदस्यमा युआरएल ग्रुपका अध्यक्ष ठाकुरप्रसाद पन्त र प्रवन्ध निर्देशक गणेशप्रसाद कोइराला छन् ।
युआरएल विरौटाले गएको मंसिर २३ गतेबाट सेवा आरम्भ गरेको हो । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरीले अहिले मुख्य कार्यालयसहित १० शाखा, ४ सेवा केन्द्र र ४ कलेक्सन सेन्टरबाट सेवा दिइरहेको छ ।
डेढ करोड लगानीमा पोखरा १७ र आसपासका सेवाग्राहीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो । सेवा सुरुआतको अवसरमा पुस महिनाभर मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका परीक्षणमा ३० प्रतिशत छुट दिइएको छ ।
युआरएल ग्रुपका अध्यक्ष पन्तले गण्डकी प्रदेशवासीलाई स्थानीय रुपमा अत्याधुनिक ल्याब सेवा प्रदान गर्न लागिपरेको बताए । उनले युआरएल फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिइने बताए ।

२० पुष २०७९, बुधबार २१:४२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा