Play

ल्होसारको अवसरमा पामेमा रक्तदान कार्यक्रम

गुरुकुल खबर


पोखरा, तमु ल्होसारको अवसरमा पोखरा २४ पामेमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पामे बचत तथा ऋण सहकारी संस्था र फेवा क्लबको आयोजनामा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराको साथ भएको थियो । रक्तदान कार्यक्रमको गण्डकी प्रदेशका सभासद् प्रकाश बरालले उद्घाटन गरे । उनले ग्रामिण क्षेत्रमा भएको रक्तदान कार्यक्रमले रक्तदानको महत्व बुझाउन सहयोगी हुने बताए ।

पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्निधर त्रिपाठी, फेवा क्लब पामेका अध्यक्ष लक्ष्मण तिमिल्सिना, पामे बचत तथा ऋण सहकारीका व्यवस्थापक सुर्यमोहन पराजुली लगाएतले रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए ।

१७ पुष २०७९, आईतवार ०७:३५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा