तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, June 4, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कम्बोडियाको क्यासिनोमा भीषण आगलागी-एक जना नेपाली युवासहित कम्तीमा १९ जनाको मृत्यु

गुरुकुल खबर गुरुकुल खबर
२०७९ पुस १५ मा प्रकाशित
in विश्व, Breaking News, अपराध, विशेष, समाचार
कम्बोडियाको क्यासिनोमा भीषण आगलागी-एक जना नेपाली युवासहित कम्तीमा १९ जनाको मृत्यु
32
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी एक जना नेपाली युवाको मृत्यु भएको छ । झापा विर्तामोड–१ का ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो । आगलागीमा परी उनीसहित कम्तीमा १९ जनाको मृत्यु भएको छ । केही घाइते छन् ।

त्यहाँका सुरक्षा अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुसार २३ जना जलेर गम्भीर रूपमा घाइते भएका र अरू ५० जना सामान्य घाइते रहेकाे जनाएका छन् । होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरूलाई लागेपछि उनीहरुको जलेर मृत्यु भएको बताइएको छ ।

कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा पाण्डेको मृत्यु भएको हो । पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ ।

पाण्डेले मृत्यु हुनुअघि आफ्नो परिवारलाई भाइबरमार्फत भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । भिडियो कलमा आफू उक्त क्यासिनोको १२औं तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए । हामफाल्नअघि उनले अन्तिमपटक भिडियाे कलमा आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका थिए, ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यू । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’

विर्तामोडमा रहेका हजुरबुबा–हजुरआमा र मामाघरतर्फका हजुरबा–हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका छन्, ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुवा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा–मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा– राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’

पाण्डे एक महिनाअघि कम्बोडिया पुगेका थिए । उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए ।

उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरेकाले आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै मानिसहरूको मृत्यु भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका उक्त आगलागीका अन्य भिडियोहरूमा होटलको भवनमाथिबाट हामफाल्दै गरेको दृश्यहरूसमेत देखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

सर्वाधिक पढिएका

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेश

गण्डकी प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम

२०८० जेष्ठ २१ मा प्रकाशित
देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन
खेलकुद

देश्ना चन्द स्मृति नयाँ गल्ली कपमा ‘केआइइसी बुन’ च्याम्पियन

२०८० जेष्ठ २१ मा प्रकाशित
रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार
व्यक्ति/संस्था

रिसेन्टफ्युजन डटकमका सम्पादक ढकाललाई अन्नपूर्ण पत्रकारिता पुरस्कार

२०८० जेष्ठ २१ मा प्रकाशित
भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री
विशेष

भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो – प्रधानमन्त्री

२०८० जेष्ठ २० मा प्रकाशित
सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने
समाचार

सिडेनले ईन्जिनियरिंग लाईसेन्सको परीक्षाका लागि ओरिएन्टेशन कार्यक्रम गर्ने

२०८० जेष्ठ २० मा प्रकाशित
भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु,  ९ सयबढी घाइते (फ़ोटो फिचर)
विश्व

भारतको ओडिशामा रेल दुर्घटना- २ सयभन्दा बढीको मृत्यु, ९ सयबढी घाइते (फ़ोटो फिचर)

२०८० जेष्ठ २० मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.