Play

सेतीखोला युवा क्लवको खुल्ला भलिबल प्रतियोगितामा संरक्षण युवा क्लब प्रथम

गुरुकुल खबर


पोखरा । मादी गाँउपालिका वडा नं २ मा रहेको सेतीखोला युवा क्लवले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम खुल्ला भलिबल प्रतियोगितामा संरक्षण युवा क्लब घ्याम्राङले प्रथम स्थान हात पारेको छ ।

आयोजक सेतीखोला युवा क्लवलाई पराजित गर्दै संरक्षण क्लवले शिल्ड, मेडल र नगद ३० हजार रुपैयाँ हात पार्न सफल भएको हो ।
दोस्रो हुदै सेतीखोला युवा क्लवले शिल्ड,मेडल र नगद २० हजार रुपैयामा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा विधा तर्फ उत्कृष्ट डिफेन्डरमा कपिल आले, उत्कृष्ठ क्लकरमा अनिश विक, अनुशासित खेलाडी कृष्णबहादुर खत्री, उत्कृष्ठ सेटर रविन, स्ट्र्राइकरमा बेलबहादुर परियार, सर्वोकृष्ठ खेलाडीमा निसान पर्न सफल भए ।

यसैबीच रस्सी तान्ने खेल तर्फ सुरेन्दजंग क्षेत्रीको टीम प्रथम भए भने महिला तर्फ राममाया थापाको टिम प्रथम हुन सफल भए । म्यूजिकल चेयर तर्फ सम्झना खत्रीले पहिलो स्थान हात पारिन् ।

वार्षिकोत्सवको समापन समारोहमा विजयी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश सभासद सरस्वती गुरुङले समाज विकासकालागि युवा शक्तिको आवश्यकता औल्याउँदै सेतीखोला क्षेत्र विकासकालागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । युवाहरुलाई आत्मनिर्भर बन्न र समाज परिवर्तनकालागि लाग्न पनि उनले आग्रह गरिन् ।

मादी गाउँपालिका वडा नं २ का वडाध्यक्ष भोजबहादुर गुरुङले युवा शसक्तिकरण र समाज विकासकालागि आफु सधै स्थानीयको साथमा रहेको बताए ।

नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं २ का इकाई सभापति मन्त्रीजंग गुरुङले टोल विकासकालागि युवा शक्तिकरणमा जोड दिए । उनले सेतीखोला युवा क्लवका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरे ।

क्लवका अध्यक्ष झपेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल कास्कीका जिल्ला सदस्य विक्रम गुरुङ, नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं २ का ईकाई सभापति मन्त्रीजंग गुरुङले विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गरेका थिए भने पूर्व अध्यक्ष सुरेन्द्रजंग क्षेत्री र वडा नं २ का वडा सदस्य डिलबहादुर गुरुङले पनि आफ्नो भनाई राखेका थिए ।

१२ पुष २०७९, मंगलवार ०९:०३ मा प्रकाशित
Nabintech