Play

लिटरेचर फेस्टिभलमा कविता वाचन

गुरुकुल खबर


कुनै विछोडको विम्ब बोकेका दुई किनारदेखि नडराऊ
बरु एउटा किनारबाट नदी तर अर्को किनारमा खबर पुर्याइदेऊ

बाटो काट्दै गर्दा पानीका छालसँग साउती मार
छप्ल्याङ छुप्लुङ छालसँग बातचित गर

तलाउलाई दुई किनारको प्रेम सुनाइदेऊ
आखिर किनार पनि त किनारकै प्रतीक्षामा छ

बिम्ब शीर्षकको प्रस्तुत कविता कवि विकाश रोका मगरको हो। जुन कविता नेपाल लिट्रेचर फेस्टिभलमा मगर आफैले सुनाएका थिए।
पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको चौँथो दिन आठ कविका कविता सुनाइएको छ। ८७औँ भूपी जयन्तीको अवसरमा राखिएको कवितावाचन सत्रमा नयाँ तथा पुराना आठ कविका एकएक ओटा कविता सुनाइएको हो।

गोविन्द पुरेको रेडियो शीर्षकको कविताबाट सुरु भएको सत्रमा अस्मिता पौडेलको प्रेमको इन्द्रेणी, नविन अभिलाशीको आगोको मान्छे, राजेन्द्र पौडेलको चुनाव, विकाश रोका मगरको बिम्ब, स्नेह सायमीको बन्दुक र रातो गुराँस, छन्दिकाको तिमी र म, रमेशजंग थापाको जाडो कठ्यांग्रिँदा, मिमांशा ढुंगेलको मेरो सपनाको नेपाल तथा तुलसी दिवसको जिन्दगी र लुगा शीर्षकका कविता वाचन भएका थिए।
अधिकांश गद्य कविता रहेको उक्त सत्रमा एउटा मात्र छन्द कविता रहेको थियो। छन्दिकाले भुजंग प्रयाग छन्दमा लेखेको कवितामाशृंगारिक रस रहेको थियो।

तिमी सम्झनाका तरेलीहरु हौ
नझर्ने सदाका परेलीहरु हौ

तिमीमा छ आशा भरोसा छ उस्तै
तिमी गीत संगीत झैँ छौ दुरुस्तै

बिहिबारदेखि सुरु भएको महोत्सवमा कवितासँगै संगीत, साहित्य, सिनेमा, अर्थतन्त्र, राजनीति, खेलकुद लगायतका विधासँग सम्बन्धित विभिन्न सत्रहरू सञ्चालन गरिएको छ। महोत्सव सोमबारसम्म चल्नेछ।

१० पुष २०७९, आईतवार २३:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा