Play

पत्रकार महिलालाई नेतृत्व तहमा पुर्याउन संचारिकाद्धारा तालिम प्रदान

गुरुकुल खबर


पोखरा। पत्रकार महिलाहरुलाई नेतृत्व तहमा पुर्याउने उद्देश्यले संचारिका समुह नेपालले सबै प्रदेशमा नेतृत्व विकास तालिमको आयोजना गरेको छ । समाचार संकलनका लागि मात्र नभई समाचार डेस्क हेर्न र सम्पादको जिम्मेवारी पदमा पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको जनाएको छ ।

यसैक्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा पनि केही दिन अघि संचारिका समुह नेपालले गण्डकीमा क्रियाशिल पत्रकार महिलालाई प्रजनन् स्वास्थ्य तथा नेतृत्व विकास तालिम प्रदान गर्यो ।

कार्यक्रमका बारे जानकारी दिदै संचारिका समुह नेपालका महासचिव वसन्ती बाँस्तोलाले पत्रकार महिलालाई समाचार रिर्पोर्टिङ मात्र नभई सम्पादन तहमा पनि पुग्न सक्षम बनाउनु कार्यक्रमको उद्देश्य भएको बताईन् । संचार संस्थामा हुने लैंगिक विभेदको अन्त्यको आवश्यकता औल्याउँदै क्षमता अभिवृद्धि र सम्पादक पत्रकार महिला उत्पादन नै कार्यक्रमको उद्देश्य भएकोमा जोड दिईन् । “अब पत्रकार महिला संवाददाता मात्र होइन सम्पादकीय भूमिकामा पनि आउनुपर्छ, त्यसका लागि हामीले क्षमता बढाउन र अवसर खोज्न आवश्यक छ”, महासचिव बाँस्तोलाले भनिन् । महिला भएकै कारण संचारसंस्थामा लैंगिक विभेद गरिन नहुने महासचिव बाँस्तोलाको भनाई छ ।

तिन दिनसम्म सञ्चालन भएको तालिममा अधिवक्ता शर्मिला श्रेष्ठले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र कानूनी व्यवस्था, सिआईजेएनका किरण नेपालले सम्पादकको बाटो अन्तर्गत सम्पादकीय क्षमता, सम्पादक र संवाददाताबीचको सम्बन्ध, अन्नपूर्ण पोष्टका व्यूरोचिफ रामकली खड्काले संचार संस्थामा हुने लैंगिक विभेद, अवसर तथा चुनौति र लिडरसिप एकेडेमीका अध्यक्ष सन्तोष साहले युवा नेतृत्वलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पत्रकार महिलाहरुले सहभागिता जनाएका थिए ।

संचारिका समूह नेपालले धनगढी, बुटवल र विराटनगरमा पनि कार्यक्रमको आयोजना गरिसकेको छ ।

२ पुष २०७९, शनिबार २३:५० मा प्रकाशित
Nabintech