Play

नेपालकी श्वेताले जितिन बिश्व शारीरिक सुगठनमा रजत पदक

गुरुकुल खबर


थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न सफल भएकी छिन् ।

पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिपर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी बताएका छन् ।

यस पदका साथै नेपालले सहभागिता जनाएको पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ । शुक्रबार सम्पन्न प्रतिस्पर्धामा पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जितेका थिए ।

थााईल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिप महिला मोडल फिजिक्स तर्फ फाईनल प्रवेश गर्ने क्रममा १० प्रतिपर्धीविचबाट उत्कृष्ट ५ मा पर्दै फाईनल प्रवेश गरेकी कपालीले तीन प्रतिस्पर्धी हंगेरी, थाईल्याण्ड तथा मंगोलियाकी खेलाडीहरुलाई उछिन्दै दोश्रो स्थान प्राप्त गर्न सफल भएकी थिईन् ।

यस विधामा हंगकंग चाइनाकी तु सुयत यान पहिलो हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिईन् ।

संघका अध्यक्ष राजेश बाबु श्रेष्ठको नेतृत्वमा थाइल्याण्ड गएको टोलीमा प्रशिक्षकमा बिश्व शारीरिक सुगठनका रजत तथा कास्य पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय रहेका छन् । यस्तै निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ रहेका छन्।

२४ मंसिर २०७९, शनिबार २१:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा