Play

तनहुँको दगममा फोनिज गण्डकीको अन्तरक्रिया

गुरुकुल खबर


पोखरा । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव शम्भुराज रेग्मीले शुक्लागण्डकी २ मा पर्यटनको प्रचर सम्भावना रहेको बताए । उनले विभिन्न स्थानको होमस्टेमा अवलोकनका लागि पुगेको बताउदै दगम गाउँको अत्याधिक सम्भावना रहेको धारणा राखे । उनले दगमको विकासका लागि सडकखण्डले प्रभाव पारेको बताए । उनले दगम होमस्टे पोखरादेखि नजिकै रहेकाले प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गरे । उ

फोनिज गण्डकीका इन्चार्ज एमबि आस्थामगरले ग्रामिण पर्यटन विकासका लागि कार्यक्रमहरु सम्बन्धित गाउँमै पुगेर गर्दै आएको बताए । उनले पत्रकारहरुको सुचना तथा समाचारकै कारण ओझेलमा परेको पर्यटकीय गाउँहरुको प्रवद्र्धनमा सघाउ पुर्याउदै आएको उल्लेख गरे ।

सो कार्यक्रममा स्थानीय अगुवा नन्द थापामगर, शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्याय लगायतले बोलेका थिए ।
फोनिजले पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रमसँगै सोही स्थानमा हिजो (बिहिबार) पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सम्पन्न गरेको थियो ।

सो कार्यक्रममा अधिवक्ता तथा पत्रकार मनोज घर्तीमगरले प्रशिक्षण दिएका थिए ।

फोजिन गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

१६ मंसिर २०७९, शुक्रबार १९:२७ मा प्रकाशित
Nabintech