Play

देखेको समाज र भोगेको जीवन नै साहित्य हो : पौडेल

गुरुकुल खबर


पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूति अन्तर्गतको नयाँ शृङ्खलामा मंगलबार पोखरामा सम्पन्न भयो ।
मंगलबारको श्रृंखलामा परिवारले साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत गर्यो । मदन पुरस्कार विजेता खलंगामा हमला पुस्तकका लेखिका पौडेल पेशाले नर्स हुन् ।
कार्यक्रममा बोल्दै साहित्यकार पौडेलले भनिन् ‘म नर्सिङ नपढेको भए आज तपाईहरुमाज हुन्थिन । कतै खाइरहेको हुनेथिए । नर्सिङ पढेकै कारण म हुम्ला,जुम्लामा जानपाए र खलंगामा हमला भन्ने किताब जन्म्यो ।

मध्यम परिवारमा जन्मेकी पौडेलले उक्त श्रृंखलामा माओवादी जनयुद्धकालमा नजिकबाट मृत्यूदेखेको स्मरण गर्दै आँफुले देखेको समाज र भागेको जीवन डायरीमा लेख्न शुरु गरेकोले खलंगामा हमला जन्मेको अनुभव सुनाइन । पोखरा नर्सिङ क्याम्पस सातौं ब्याजमा पढ्दा पोखराको बसाइको पनि अनुभव सुनाइन । साथै उनले अहिले देश बिदेशमा मर्यादित महिनाबारीको अभियान चलाइरहेकीछिन् ।

नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सुरुभक्तले ‘एकाध मान्छे बाहेक कोहि पनि जन्मिदै केहि लिएर आएको हुँदैन । त्यस्तै राधा पौडेलले पनि केहि लिएर आएकी होइनन् उनले जे गरिन जन्मेपछिनै गरेको बताए ।’

साहित्य विभागका संयोजक शरण आँशुले पौडेलको संक्षिप्त परिचय समेत स्वागत गरेका थिए । परिवारका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन निर्वतमान अध्यक्ष मोती भुजेलले र सञ्चालन सदस्य हसिना बस्नेतले गरेकी थिइन् ।
यसअघि स्रष्टाका अनुभव र अनुभूति श्रृंखलामा रागिनी उपाध्याय, खगेन्द्र संग्रौला, नारायण ढकाल, राजेन्द्र भण्डारी, सम्राट उपाध्याय, स्नेह सायमी लगायतका स्रष्टाहरुले आफ्नो ह्रदय राखिसकेका छन् ।

साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण” भन्ने मुल नाराका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको मात्रै नभइ देशकै साहित्य, कला र सङ्गीतको विकासमा ४५ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित छ ।

१५ मंसिर २०७९, बिहीबार २१:२० मा प्रकाशित
Nabintech