तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिनिधिसभा सदस्यमा सातौं अपराजित यात्रा

गुरुकुल खबर गुरुकुल खबर
२०७९ मंसिर ७ मा प्रकाशित
in राजनीति, Breaking News, बाग्मती प्रदेश, व्यक्ति/संस्था, समाचार, सुदूरपश्चिम प्रदेश
कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिनिधिसभा सदस्यमा सातौं अपराजित यात्रा
33
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ। कुशल राजनीतिज्ञ देउवाको यो केन्द्रीय विधायिका संसद् सदस्यमा निर्वाचित भएको सातौं अपराजित यात्रा हो।

समकालीन नेपालको संसदीय शासन प्रणालीमा २०४८ सालदेखि २०७९ सम्म लगातार विजयको माला ग्रहण गर्न सफल देउवा एक्लो राजनेता हुनुहुन्छ। २०७९ मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति देउवा २५ हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभयो। उहाँ १२ हजार ४९२ मतअन्तरले विजयी हुनुभएको हो।

जनताको अपार स्नेहबाट निर्वाचित भएर उहाँले पाँचौं पटकसम्म देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भएर देशको शासनको बागडोर सञ्चालन गर्नुभएको छ। देउवा नेपाली कांग्रेसको सभापति पदमा दोस्रो कार्यकालको नेतृत्व गरिरहँदा प्रतिनिधिसभा सदस्य सदस्यमा विजयी हुनुभएको हो। यो विजय यात्रासँगै उहाँ जनप्रतिनिधि बन्नुभएको पनि तीन दशक बितेको छ। २०४८ सालको प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा उहाँ ४८ वर्षको हुनुहुन्थ्यो। त्यो जीतसँगै उहाँ गृहमन्त्री बन्नुभयो। त्यसपछि उहाँको राजनीतिक यात्रा निरन्तर अगाडि बढिरहेको छ।

सङ्घर्षमय जीवन

छात्र सङघबाट उदाउनु भएका देउवाको यो सफलता सजिलै प्राप्त भएको होइन। उहाँ डडेलधुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मनुभएको हो।

विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएका देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरेर करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनु भएको छ। देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ। वि.सं. २०२२ मा सुदूर पश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभयो।

उहाँ नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बन्न सफल हुनुभयो। विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनुभएका देउवालाई नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाउनुभएको थियो। त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुग्नु हुन्थ्यो।

खासगरी दर्शन विषयका पुस्तक अध्ययन गर्न रुचाउने देउवा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएको हो। बेलायतको उच्च शिक्षाले देउवालाई लोकतन्त्रको फराकिलो क्षितिजसम्म विचार र विवेकलाई आत्मसात गर्ने सुअवसर दियो।

कार्यकारी प्रमुखको निरन्तरता

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएका सभापति देउवालाई ७५ वर्षको उमेरमा पाँचौं पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बन्ने सुअवसरसँगै पार्टी नेतृत्वलाई निरन्तरता दिने अवसर प्राप्त भएको छ। यसअघि वि.सं. २०७४ मा उहाँकै कार्यकारी नेतृत्वमा स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको थियो।

यस पटक पनि उहाँकै नेतृत्वमा स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गराएर लोकतान्त्रिक राजनेताको रुपमा स्थापित हुनुभएको छ। यसले नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय समुदायले हुर्ने दृष्टिकोणमा उहाँको उचाइ बढेको छ।

२०७४ को निर्वाचनमा कांग्रेस दोस्रो दल बनेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सौहार्दपूर्ण वातावरणमा उहाँले सत्ता हस्तान्तरण गर्नुभयो। घुमिफिरी रुम्जाटार भनेझैँ झन्डै दुई तिहाइ मत पाएको एमालेमा आएको विभाजनले देउवालाई पुनः प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त भयो। कतिपयले उहाँलाई भाग्यमानी नेता पनि भन्ने गर्छन्। उहाँ २०७९ असार २९ गते पाँचौं पटक देशको प्रधानमन्त्री हुनुभएको हो।

तीन दशक निर्वाचित जनप्रतिनिधि

पञ्चायत कालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल देउवा २०४८ यता निरन्तर निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्लाबाट निर्वाचित हुनुभयो।

त्यसैगरी, २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेलधुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी हुनुभयो। वि.सं. २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुराबाटै विजयी हुनुभएको थियो।

लोकतन्त्रप्रतिको अटुट लगाव र तदनुरूप सङ्घर्ष तथा निडर व्यक्तित्वका कारण उहाँलाई जनताले सधैँ विजयी गराउँदै आएका छन्। विज्ञान पढेपछि डाक्टर, इन्जिनियर बनी पैसा कमाइन्छ भन्ने छाप गाउँमा परेकाले परिवारको सल्लाहमा विज्ञान विषय पढ्न काठमाडौँ आउनुभएका देउवा चिकित्सक तथा इन्जिनियर त बन्नुभएन तर मुलुक हाँक्ने सारथि बन्नुभयो।

लामो यात्राको फल

कांग्रेसको केन्द्रीय सदस्यमा रहँदै आउनुभएका देउवा वि.सं. २०५७ मा पोखरामा भएको कांग्रेसको १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापति पदमा पहिलो पटक प्रतिस्पर्धा गर्नुभयो। कुल एक हजार ४७७ मतमध्ये कोइरालाले ९३६ र देउवाले ५०७ प्राप्त गर्नुभयो।

देउवाले राजनीतिक गुरु मान्नुभएका कोइरालासँगको द्वन्द्वका कारण नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति भएका कारण कांग्रेसको ११ औँ महाधिवेशनमा उहाँ प्रतिस्पर्धामा रहनुभएन। २०६२ र ६३ को आन्दोलनपछि दुवै पार्टी एक भएपछि १२ औँ महाधिवेशनमा देउवा पुनः सभापतिको उम्मेदवार हुनुभयो।  सो महाधिवेशनमा सुशील कोइरालासँग उहाँको प्रतिस्पर्धा भयो। कोइरालाले एक हजार ६५२ र देउवाले एक हजार ३१७ मत प्राप्त गरेर उपविजेतामा चित्त बुझाउनुपर्यो। दुई नेताबीच ३३५ मतको अन्तर थियो।

सुशील कोइरालाको निधनपछि २०७२ फागुनमा भएको १३ औँ महाधिवेशनमा देउवाले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्नुभयो। पहिलो चरणको मतदानमा ५० प्रतिशतभन्दा बढी मत पुग्नलाई ११ मत कम भएपछि दोस्रो चरणको मतदान भएको थियो। त्यसमा देउवाले नेता पौडेललाई ५२६ मतान्तरले सभापतिको शिखर चुम्न सफल हुनुभयो। उहाँ कांग्रेसको १४ औँ महाधिवेशनमा दोस्रो पटक सभापति पदमा विजयी हुनुभयो। सभापति पदमा देउवाको यो दोस्रो र विधानअनुसार अन्तिम कार्यकाल हो।

उतार चढावको यात्रा

वि.सं. २०४६ मा गणेशमान सिंहको नेतृत्वमा नेपाली कांग्रेसले देशमा पहिलो जनआन्दोलन अगुवाइ गर्यो। त्यतिबेला देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययनरत हुनुहुन्थ्यो। जनआन्दोलन सफल भएपछि उहाँ लन्डनबाट काठमाडौं आउनुभएको हो। वि.सं. २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्नुभयो। उहाँकै नेतृत्वमा सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रभावकारी विजय हासिल गरेर उहाँ गृहमन्त्री बन्नुभएको थियो।

गृहमन्त्री बनेको साढे तीन वर्षभित्रै उहाँ नेपाली कांग्रेस संसदीय दलको नेतासँगै संसदमा प्रमुख विपक्षी दलको नेता बन्नुभयो र पाँचौं वर्षमा मुलुकको प्रधानमन्त्री बन्नुभयो। राजनीतिमा धेरै उतार चढाव खेप्नुभएका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको साथ पाउनुभयो।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत हुनुहुन्छ। कानुनमा स्नातक उहाँले भारतको जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट मानार्थ विद्यावारिधि (पीएचडी) प्राप्त गर्नुभएको छ।

स्थानीय क्षेत्रमा रहेका विद्यालयबाटै प्रारम्भिक शिक्षा हासिल गर्नुभएका देउवा एलएलसी दिएपछि उच्च शिक्षाका लागि वि.सं. २०२१ मा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो। त्यसपछि उहाँ नेविसंघको राजनीतिमा सक्रिय हुनुभयो। निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा काम गर्दा नै पञ्चायती व्यवस्थाका पक्षधरबाट पटक–पटक पक्राउ पर्नुभयो।

२०४८ सालमा जनप्रतिनिधि भएर काठमाडौँ पसेपछिको राजनीतिक यात्रामा देउवाका सीमित विफलता तर धेरै सफलता हात लागेका छन्। कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उहाँले अलग पार्टी निर्माण गर्नुभएको थियो।

तत्कालीन नेकपा (माओवादी) ले अगाडि बढाएको सशस्त्र विद्रोह (जनयुद्ध) ले सरकार कमजोर हुँदै जाँदा तत्कालीन राजा र शाही सेनाको असहयोग पनि बढ्दै गएको थियो। यता एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेर निर्वाचित जनप्रतिनिधिको संस्था प्रतिनिधिसभा चल्न दिएन। यस्तो अवस्थामा कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो।

त्यसपछि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुनः कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभयो। संसदमा पार्टीको बहुमत भएकाले उहाँ दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो। पछि तत्कालीन राजाबाट उहाँ सत्ताच्युत हुनुपर्यो।

राजनीतिक घटनासँगसँगै वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘शाही कु’ मार्फत देउवालाई दोस्रो पटक हटाइदिएर सत्ता आफ्नो हातमा लिनुभएको थियो। उहाँ सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभयो भने सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष पनि हुनुभयो। देउवाका एक छोरा जयवीर र श्रीमती डा. आरजु राणा देउवा हुनुहुन्छ। डा. राणा काँग्रेसको राजनीतिमै सक्रिय हुनुहुन्छ र उहाँ कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ।

नेपाली कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता शीर्ष नेताबाट प्रशिक्षित देउवा पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सिपालु व्यक्तिका रूपमा परिचित हुनुहुन्छ।

पाँचौं पटक देशको प्रधानमन्त्री बन्न सफल देउवाले नेतृत्व गर्नुभएका अधिकांश सरकार संयुक्त सरकार छन्। देशको प्रतिकूल राजनीतिक अवस्थामा देउवाले कार्यकारी प्रमुखको नेतृत्व गर्दै नेपाली राजनीतिलाई ठूलो दुर्घटना हुनबाट जोगाउनुभएको छ। पार्टीभित्र मात्र होइन अन्य दलसँग सहकार्य गरेर जानसक्ने क्षमताकै कारणले देउवा दोस्रो पटक सभापति बन्न सफल हुनुभएको थियो। समकालीन नेपाली राजनेतामा अन्तर्राष्ट्रियस्तरमा समेत देउवाको छवि उच्च छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.