Play

कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई झन्डै ५ हजार मतान्तरको अग्रता

गुरुकुल खबर


काठमाडौं । नेपाल कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले झन्डै ५ हजार मतान्तरले अग्रता लिएका छन् । गगन काठमाडौं–४ बाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ५ हजार मतान्तरले पछाडि छाडेका छन् भने झापा–१ मा विश्वप्रकाशले एमाले उम्मेदवार अग्नि खरेललाई पछाडि पारेका हुन् ।

विश्वप्रकाशले १२ हजार ६ सय ९९ मत पाउँदा खरेलले ७ हजार ७ सय ९९ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ९ सय हो ।

यता गगनले सुरुवातदेखि नै अग्रता लिएका हुन् । उनले ५ हजार ५ सय ६८ मतको अग्रता लिएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार डा भट्टरार्ईले ११ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् ।

चितवन १ मा   राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा, ३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता, २ मा एमालेका  कृष्णभक्त पोख्रेलको अग्रता कायम 

चितवन । आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् ।

उनले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले तीन हजार आठ सय ८५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले तीन हजार आठ सय ८४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता कायम राखेका छन् । सात हजार ४१ मत गणना गर्दा उनले दुई हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार ३६ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार २२७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् । उनले दुई हजार तीन सय ५६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार तीन सय ४९ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी दुई हजार दुई सय १४ मत प्राप्त गरेका छन् ।

नौ हजार छ सय ४० मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले दुई हजार ७८ मत प्राप्त गरेकी छिन् । यो मत परिणाम बिहान ६ः४० बजे सम्मको भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा  कांग्रेस उम्मेदवार दुर्लभ थापाको  अग्रता

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले ९ हजार ९ सय २५ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई ९ सय ६३ मतले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका बस्नेतले ९ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताए । त्यसैगरी नेमकिपाका अनुराधा थापामगर २ हजार सात सय ६३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले १ हजार ८ सय १७ मतका साथ चौथो र राप्रपाका मोहन केसी १ हजार ६५ मतका साथ पाँचौं स्थानमा छन् ।

भक्तपुर २ मा ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो । सो मध्ये २५ हजार पाँच सय ७२ मत गणना भएको छ । हालसम्म आठ सय २५ मत बदर भएको निर्वाचन अधिकृत पराजुलीले बताए ।

 

६ मंसिर २०७९, मंगलवार ०९:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा