Play

अनर्गल प्रचार पराजित मानसिकताको उपज – उम्मेदवार बराल

गुरुकुल खबर


पोखरा , कास्की ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामजीप्रसाद बराल बिरुद्ध अनर्गल प्रचार भएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘हुँदै नभएको घटनालाई बढाईचढाई गरेर जनता भ्रमित पार्ने काम भएको छ । यो आपत्तिजनक छ र यसप्रति हामी खेद व्यक्त गर्दछौं ।’

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट बराल संलग्न पोखरा–९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले लिएको रकम नतिरेपछि सामान्य सचेत मात्र गराएको विषयलाई एमालेले चुनावको मुखमा कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेको सचिवालयले बताएको छ । सोहि प्रचारका आधारमा भ्रमित भई पोखरा–२४ कास्कीकोटका बोधराज सुवेदीले बरालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरीसमेत गरेका थिए ।

तर कोषले दिएको ५० लाख सहकारीले यसअघि नै चुक्ता गरिसकेको पुष्टि भएको छ । साथै उक्त सहकारी कालोसूचीमा नपरेकोपनि कोषले सूचना जारी गरेर जानकारी गराईसकेको छ । सहकारी नै कालोसूचीमा नपरेपछि बराल कालोसूचीमा पर्ने कुरै भएन । तर एमाले कार्यकर्ताहरुले कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेपछि उम्मेदवार बरालको सचिवालयले आपत्ति जनाएको हो ।

यसैबीच, उम्मेदवार बरालले अनर्गल प्रचार पराजित मानसिकताको उपज भएको टिप्पणी गरेका छन् । घरदैलोको अन्तिम अवस्थामा जनता भ्रमित गर्नेगरी अनर्गल प्रचार गर्नु पराजित मानसिकताको उपज हो,उनले अगाडि भने, ‘कालोसूचीमा परेको भनेर गरिएको प्रचार र उजुरी मिथ्या, कपोलकल्पित र भ्रमपूर्ण तथा पराजित मानसिकताको पराकाष्ठा हो । आईन्दा यस्तो नगर्न म विपक्षीलाई चेतावनी दिन चाहन्छु ।’ उनले विपक्षी उम्मेदवारलाई स्वस्थ प्रतिष्पर्धामा आउनपनि आग्रह गरेका छन्

३० कार्तिक २०७९, बुधबार २३:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा