Play

विश्वप्रकाश भन्छन्, ‘पोखराको सम्बृद्धि र निर्माणका लागि निर्वाचनमा आएको हुँ’

गुरुकुल खबर


पोखरा, आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफु पोखराको विकासको लागि र पोखराको सम्बृद्धिको लागि निर्वाचनमा आएको बताएका छन् ।

उनले पोखराका प्राकृतिक सम्पदाको संरक्षण प्रवद्र्धन र मानविय विकास मिलाएर मात्र पर्यटन क्षेत्रको विकास हुनसक्ने बताए ।

निर्वाचन अभियान अन्तरगत पोखराको ड्याम साईट क्षेत्रमा मतदाताहरुसँग अन्तरक्रिया गर्दै लामिछानेले पोखराका सबै ताललाई रामसार सुचीमा सुचिकृत गरेपछि, अब विश्व सम्पदा सुचीमा सुचीकृत गर्नुपर्ने बताए । ‘पोखराको फेवातलमा जसरी फुटट्रयाक बनायांै त्यसरी नै विकास गर्ने योजना छ ।’ उनले भने ।

फुटट्रयाक विस्तार गरेर १६ किलोमिटर बनाउने योजना रहेको उनले जानकारी दिए । पोखराको पर्यटन बढाउन लेकसाइट बाट पातले हुँदै फुस्रे खोलामा जाने पैदल मार्ग बनाउने आश्वासन पनि उनले दिएका छन् । पोखरामा पोखरामा पर्यटनको बसाइ लम्व्याउन फुटट्रयाक आवश्यक रहेको उनको भनाई थियो । उनले फेवातलको लागि आफुले महत्वपूर्ण काम गरेको बताए ।

‘पोखरालाई हाम्रो मौलिकता सहितको स्मार्ट सिटी निर्माण गर्नुपर्छ । यहाँको ताल पोखरी, चौतारी सहितको स्मार्ट सिटी हुनुपर्छ । पोखरा विकास गर्न ५ दलीय साझा घोषण पत्रको साथमा आएको उनले बताए ।

२४ कार्तिक २०७९, बिहीबार २१:११ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा