Play

सडक ल्याउनका लागि पहल गरेपनि प्राविधिक कारणले नमिल्दा असफल – उम्मेदवार थापा

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सभा सदस्य क्षेत्र नं.२ ‘ख’ उम्मेदवार विन्दु कुमार थापाले दलितका लागि धेरै गरेको बताएका छन् । पोखरा २० भलामका दलित समुदायले आफुहरुलाई आवश्यक परेको समयमा थापाले ठूूलो सहयोग गर्दै आएपनि मौका नपाउँदा केही काम अधुरै रहेको बताएका छन् ।

उनीहरुले वडा २० को मुहार फेर्ने काम थापाले आफ्नो अधिकारले भ्याएसम्मको विकास गरेको सुनाउँदै मौका पाएमा अझ धेरै विकास गर्नेमा आफुहरु आशावादी रहेको सुनाए ।

दलित समुदायको नेतृत्व गर्दै आफ्ना कुरा राख्ने क्रममा विष्णु परियारले विन्दु थापाले क्षेत्र २ मा विकासको लहर ल्याएको सुनाइन् । उनले विकासको लहर ल्याएपनि आफुहरुलाई अब खानेपानी र सडक आवश्यक परेको बताइन् ।

‘हाम्रा लागि विन्दु थापाले एकदम हेर्नु भएको छ । उहाँले गर्नुभएको छ । गाउँमा बाटो आएको छ । उहाँले अझै मौका पाउनुभएको छैन् । त्यो भएर अहिलेलाई उहाँलाई नै मत’, उनले भनिन्, ‘एक दुई जनाले गरेर पनि नहुँदो रहेछ उहाँको हात वडामा भएन् । वडामा पनि भएको भए हामीहरुको पनि दिन फिर्ने थियो । यहाँ आउने बाटोपनि बनाइदिन्छु भन्नुभएको थियो तर, यहाँका जग्गा धनीले जग्गा नदिदाँ बन्न सकेन । उहाँले मिलाउने प्रयास पनि गर्नुभयो । हाम्रो केही पनि छैन् हाम्रो बस्ने झुपडि बाहेक छैन् ।’

करिब ४० धुरी रहेको घरमा सोही हारहारीमा मतदाता पनि रहेका छन् । यस्तै प्रदेशसभा सदस्य उम्मेदवार थापाले आफुले सडक ल्याउनका लागि पहल गरेपनि प्राविधिक कारण नमिल्दा असफल भएको बताए । उनले आफुले पाँच वर्ष प्रदेशको संरचना बनाउने काममा व्यतित गरेको सुनाउँदै अबको पाँच वर्ष विकासका लागि रहेको स्पष्ट पारे ।

‘हामीले यहाँ बाटो ल्याउने प्रयास अहिलेपनि जारी राखेकै छौँ तर यहाँ प्राविधिक कुरा नमिलेका कारण सडक जोडन सकिरहेका छैनौँ उनले भने, ‘तत्कालै केहि गर्न सक्ने स्थिति छैन् । निर्वाचनको आचार संहिता लाग्छ त्यसैले निर्वाचन सकिएलगत्तै यसका लागि पुनः पहल हुनेछ त्यसमा ढुक्क हुनुहोस्।’ थापाले देश विकास गर्नका लागि स्थानीय, प्रदेश र संघमा एकै सरकार हुन आवश्यक रहेको सुनाए ।

२३ कार्तिक २०७९, बुधबार १४:१५ मा प्रकाशित
Nabintech