Play

प्राकृतिक स्रोतबाट लाभ लिनुहोस्- कोरियाका सांसद, प्रविधि हस्तान्तरणमा सघाउनुहोस्-पोउवा संघ

गुरुकुल खबर


पोखरा, । दक्षिण कोरियाको राष्ट्रिसभा सदस्य लि साङ हनले पोखराको पर्यटन प्रवद्र्धनको जिम्मा निजी क्षेत्रले लिनुपर्नेमा जोड दिएका छन् । नेपालले सुन्दरताको लागि इश्वरीय बरदान पाएको बताउँदै उनले पोखराका उद्योगी÷व्यवसायीहरुलाई प्राकृतिक स्रोत परिचालनबाटै लाभ लिन सुझाएका छन् ।

‘नेपाल इश्वरीय बरदान प्राप्त मुलुक हो’,शुक्रबार पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुसँगको छलफलको क्रममा उनले भने,पदाधिकारी तथा सदस्यहरुसँगको छलफलको क्रममा उनले भने,‘तपाईंहरुले यहाँका उत्पादनहरुको ब्राण्डिङ गर्न सक्नुपर्छ ।’

उनले पानीको उदाहरण दिँदै थपे,‘यहाँको पानीलाई विश्वकै अग्ला हिमालको शुद्ध पानी भनेर संसारभर बेच्न सकिन्छ ।’ उनले नेपालसहित विकाशोन्मुख राष्ट्रलाई कोरियाले प्रविधि हस्तान्तरणको माध्यमबाट सघाउने प्रतिवद्धता पनि जनाए ।

उनले पोखरा उद्योग वाणिज्य संघ र कोरियाका उद्योगी÷व्यवसायीहरुबीच पुलको काम गर्ने प्रतिवद्धता पनि जनाए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाली उत्पादनको बजारीकरणको लागि सघाउन गरेको आग्रहमा उनले त्यसो भनेका हुन् ।

उनले नेपाल र पोखरामा विदेशी लगानी भित्र्याउने हो भने नेपालले लगानी सुरक्षाको प्रतिवद्धता जनाउनुपर्ने बताएका छन् । ‘हामीले भियतनाम र चीनमा लगानी ग¥यौँ तर असुरक्षित महशुस भयो’,उनले  भने,‘तर,त्यहाँ सोचेजस्तो भएन, नेपालले पनि त्यसको लागि सुधार गर्नुपर्छ भन्ने लाग्छ ।’

उनले पूर्वाधार निर्माण,सहरी विकासलगायतका क्षेत्रमा सघाउन कोरिया तयार रहेको पनि दोहो¥याए । तीन सदस्यीय भ्रमण दलमा उनीसँगै व्यवसायीहरु यो प्यो किम र साङपिल किम सहभागी थिए ।

भ्रमण दललाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल र कोरियाका व्यवसायीहरुबीच भाइचारा सम्बन्ध स्थापना, बि टु बि मिटिङको प्रबन्ध,नेपाली उत्पादनहरुको बजारीकरणमा सहयोग एवं नेपालको पर्यटन प्रवद्र्धनका कार्यक्रमहरुको लागि सहजीकरण गर्न सांसद लिसँग अनुरोध गरेका थिए ।

‘नेपालमा जडिबुटी,हस्तकला, बास्तुकला तथा अर्गानिक उत्पादनहरुको प्रचुर सम्भावना रहेको छ । दक्षिण कोरियाका हाम्रा मित्रहरुको जिब्रोले खोज्ने,उहाँहरुले प्रयोग गर्न रुचाउने यी सामग्री कोरिया पु¥याउन सके दुबै देशले लाभ लिने थिए भन्ने हाम्रो सोच हो’,उनले भने,‘ यसको लागि हामी त्यहाँका उद्योग वाणिज्य संघहरुसँग भगिनी सम्बन्ध स्थापना गर्न,व्यवसायीहरुसँग साझेदारी गर्न पनि तयार छौँ । यी क्षेत्रमा केही काम पनि भएका छन् तर बजारीकरणमा हामी पछि छौँ ।’

अध्यक्ष प्रजापतिले नेपालमा दक्षिण कोरियाली पर्यटकहरुको आगमन बढाउन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्न संघ तयार रहेको  बताउँदै त्यसको व्यवस्थापन गर्न आग्रह पनि गरे । ‘नेपालमा द्रूत गतिको आर्थिक विकास सम्भव छ र यसको लागि हामीलाई प्रविधि चाहिएको छ’,उनले  भने,‘ प्रविधि हस्तान्तरण र कोरियन   लगानीको लागि पनि यहाँले सहजीकरण गरिदिनुहोला ।’

१९ कार्तिक २०७९, शनिबार ०७:१९ मा प्रकाशित
Nabintech